नेभिगेशन
समाज

सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

काठमाडौँ ।  प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको सामान्य स्वास्थ्य परीक्षण गरिएको सचिवालयले जनाएको छ । सामाजिक सञ्जालमा सभामुख अर्यालको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको भन्नै हल्ला फैलिएपनि त्यस्तो नभएको सभामुख अर्यालका सचिवालय प्रमुख मुना कुँवरले जानकारी दिइन् । 

‘सभामुख ज्युको नियमित स्वास्थ्य परीक्षण हो । सामान्य परीक्षणपछि उहाँ निवास फर्किसक्नुभएको छ । बाहिर आएजस्तो उहाँ अस्पताल भर्ना हुनुभएको होइन ।’ सचिवालय प्रमुख कुँवरले भनिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुख अर्याल सोमबारको प्रतिनिधिसभा बैठक सकिएपछि नियमित स्वास्थ्य परीक्षणको लागि महाराजगञ्जगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । 

Ncell
Extreme Energy

उनी अस्पताल पुगेपछि उनको स्वास्थ्यमा समस्या आएको, अस्पतालमा भर्ना भएको भन्दै खबरहरु फैलिएका थिए । उक्त खबरमा सत्यता नरहेको र सभामुख अर्यालको स्वास्थ्य सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।