नेभिगेशन
नेताका कुरा

रास्वपामा नेताहरुको मूल्यांकनको नयाँ मापदण्ड

मापदण्ड पालना नगरे गाह्रो पर्ने भन्दै सभापति लामिछानेले सचेत गराए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नेताहरुको कार्यसम्पादन मूल्यांकनमा नयाँ मापदण्ड लागु गरेको छ । 

सभापति रवि लामिछानेकाअनुसार योग्यता, विज्ञता, क्षमता र राजनीतिक प्रतिबद्धताका साथै पार्टीका गतिविधिमा  हुने उपस्थितिलाई पनि नेताहरुको पर्फमेन्सको आधार बनाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय सदस्यहरुलाई शनिबार र आइतबार गरी दुई दिनसम्म आयोजित प्रशिक्षण कार्यक्रममा सभापति लामिछानेले  पार्टीका गतिविधिमा हुने उपस्थितिलाई पनि नेताहरुको मूल्यांकनको आधार बनाइएको जानकारी गराए । 

Ncell
Extreme Energy

यो मापदण्ड लागु नभए राजनीतिक जीवनमा गाह्रो पर्ने भन्दै सभापति लामिछानेले केन्द्रीय सदस्यहरुसहित सिंगो पार्टी पंक्तिलाई सचेत पनि गराएका छन् । 

'तपाईको उपस्थिति, उपस्थित भइसकेपछिको कार्यक्रमप्रतिको सहभागिता, संवेदनशीलता सबै पार्टीले नोट गरिरहेको छ है साथीहरु । भोलि पर्सी खै त, मैले यत्रो काम गर्दा पनि, यति लामो समयदेखि काम गर्दा पनि खै मैले त केही अवसर पाइन भन्ने कुरा आउँदा तपाईको उपस्थितिहरु, तपाईका हाजिरीहरु, तपाईका सहभागिताहरु सबै हिसाब बहिखातामा चढ्लान । त्यसकारणले साथीहरुलाई अनुरोध गर्न चाहन्छु, पार्टीका बैठकहरु, पार्टीले बोलाएको छलफल, त्यसमा सहभागी नहुने, सहभागी भइदिए जस्तो गर्ने कामले भोलि तपाईलाई गाह्रो पर्ला । अफ्ठेरो पर्ला । मैले यति भने । तपाईहरुले अझ बुझ्नुहोला,' उनले भने ।  

सभापति लामिछानेले विधिभन्दा बाहिर गएर पार्टी चल्न नसक्ने पनि स्पष्ट पारे । 'विधिभन्दा बाहिर गएर कुनै पनि संस्था चल्न सक्दैन । राजनीतिक पार्टी त चल्नै सक्दैन । आफू नेतृत्वमा भएका बेला विधि मिचे भने मेरो अस्तित्वमा पनि तपाइले प्रश्न गर्न पाउनुहुन्छ । त्यसकारण आफ्नो अस्तित्वमा प्रश्न हुने काम मेरो कार्यकालमा नहोस् भनेर सचेत छु,' उनले भने । 

सभापति लामिछानेले आगामी स्थानीय तहको निर्वाचनमा क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी अक्षरश पालना गरेर उम्मेदवारको चयन हुने पनि स्पष्ट पारे । 'पार्टीले अनुमोदन गरेका दस्तावेजको अक्षरश पालना हुन्छ । पार्टीले बनाएको विधि निर्देशिका नियमावलीको अक्षरश पालना हुन्छ । विधिभन्दा बाहिर जान सक्दैनौं,' उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विधि परिमार्जन गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले ल्याएको गुप्तचरसम्बन्धी विधेयक समितिमा पठाउने कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले ल्याएको गुप्तचरसम्बन्धी विधेयक समितिमा पठाउने कार्यसूची

संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभा बैठक बस्दै, कानुन मन्त्री गौतमले विधेयक र सम्झौता टेबल गर्ने

प्रतिनिधिसभा बैठक बस्दै, कानुन मन्त्री गौतमले विधेयक र सम्झौता टेबल गर्ने

प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

भर्खरै