नेभिगेशन
समाज

खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विधि परिमार्जन गरेको छ । 

केन्द्रीय समितिको ५ भदाैमा बसेको बैठकले महामन्त्री विपीन आचार्यको संयोजकत्वमा तयार गरिएको उम्मेदवार छनोट रूपरेखामा प्राप्त सुझावसमेत समेटेर अनुमोदन गरेको थियो । संशोधित दस्तावेजमा केही खुकुलो प्रावधान राखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि उम्मेदवार छनोट रुपरेखाअनुसार फागुन २१ मा सम्पन्न प्रतिनिधि सदस्य निर्वाचनमा उम्मेदवार हुन छनोट प्रक्रियामा सहभागी भएकाहरु समेत अहिले स्थानीय तहमा उम्मेदवार बन्न नपाउने कडा व्यवस्था गरिएको थियो । 

Ncell
Extreme Energy

तर, केन्द्रीय समिति बैठकले यो नियम परिमार्जन गरेको हो । संगठन विभाग प्रमुख प्रमोद न्यौपानेकाअनुसार अब फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार हुनका लागि छनोट प्रक्रियामा सहभागी भएकाहरुले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न आवेदन दिन पाउनेछन् । 

फागुन २१ को निर्वाचनअघि विभिन्न समूहसँग पार्टी समायोजन हुँदा त्यतिबेला क्यान्डिडेट क्लब र प्रारम्भिक निर्वाचन लागु नभएकाले केन्द्रीय समितिले त्यतिबेला उम्मेदवारीका लागि आवेदन दिएकाहरुलाई स्थानीय चुनावमा मौका दिने निर्णय गरेको संगठन विभाग प्रमुख न्यौपानेले बताए । 

यद्यपि फागुन २१ को निर्वाचनमा उम्मेदवार नै भएर भाग लिएकाहरुले भने पाउने छैनन् । 

रास्वपाले भदौ १ बाट क्यान्डिडेट क्लबमार्फत उम्मेदवारीका लागि आवेदन खुल्ला गरिसकेको छ । रास्वपाको एपमार्फत आवेदन दिन सकिने व्यवस्था छ । 

यसैगरी उम्मेदवार छनोट गर्दा आकांक्षीको बारेमा वडा तथा पालिका कमिटीबाट राय लिने नयाँ व्यवस्था पनि गरिएको छ । 

यसैगरी उम्मेदवार छनोट समितिको संख्या पनि हेरफेर गरिएको छ । 

केन्द्रीय समितिले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्यका लागि इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबाट नामावली माग गर्ने निर्णय गरिसकेको छ । 

रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटसम्बन्धी प्रक्रिया र मापदण्डबारे देशभरका ४६० गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । 

कार्यक्रमको संयोजनको जिम्मेवारी सहमहामन्त्री निशा डाँगीलाई दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खाल्डाखुल्डी पुर्ने सडक एम्बुलेन्स ! (तस्बिरकथा)

खाल्डाखुल्डी पुर्ने सडक एम्बुलेन्स ! (तस्बिरकथा)

मध्य वर्षातको बेला छ । झमझम झरी परिरहेको हुन्छ । सडकमा पानी भरीभराउ हुन्छ ।
यस्तो छ प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर

यस्तो छ प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर

प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर स्वीकृत भएको छ ।
आशिका तामाङको मोबाइल नम्बर संसद सचिवालयले एमालेका ऐन महरको नाममा राखेपछि...

आशिका तामाङको मोबाइल नम्बर संसद सचिवालयले एमालेका ऐन महरको नाममा राखेपछि...

सांसदहरुले आफ्नो नाम र नम्बर गलत राखिएको गुनासो गरेका छन् ।
देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भर्खरै