नेभिगेशन
नेताका कुरा

सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । 

आज १ बजे बोलाइएको बैठक सभामुख डोलप्रसाद अर्यालले विहान १० बजे स्थगित गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद सचिवालयकाअनुसार सभामुख अर्यालकी सासुआमाको निधन भएकाले बैठक स्थगित गरिएको हो । 

Ncell
Extreme Energy

प्रतिनिधि सभा नियमावलीअनुसार संसदको बैठकको सुरुवात र अन्त्य सभामुखले नै गर्ने व्यवस्था छ । 

सभामुख शोकमा परेकाले बैठक स्थगित गरिएको हो । अर्को बैठक अब बुधबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरिएको छ । 

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक  प्रस्तुत गर्ने, मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । 

यसैगरी कानुनमन्त्री गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची थियो ।   

साथै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निधेष तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
काठमाडौंमा सुरु भयो  १८औँ संस्करणको नाडा अटो शो (तस्बिरहरू)

काठमाडौंमा सुरु भयो १८औँ संस्करणको नाडा अटो शो (तस्बिरहरू)

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु भएको छ ।
राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीले पछिल्लो समय गरेको भनिएको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् ।
शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँटको विषयलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ ।