नेभिगेशन
नेताका कुरा

बालेनले किन लगाउँछन् कालो चस्मा ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा उपस्थित हुन छुट पाउने भएका छन् ।

सभामुख डोलप्रसाद अर्यालले संसदमा प्रतिनिधित्वि गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूमार्फत् सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन आग्रह गरेका थिए। उनले कालो चस्मा लगाउनै पर्ने भए स्वास्थ्य परीक्षण रिपोर्ट पेस गर्न पनि आग्रह गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुखले संसदमा कालो चस्मा नलगाउन निर्देशन दिएपछि प्रधानमन्त्री बालेनले स्वास्थ्य परीक्षणको रिपोर्ट सहित आफूले कालो चस्मा लगाउनै पर्ने कारणसहितको जानकारी पठाएका हुन् ।

Ncell
Extreme Energy

प्रधानमन्त्री बालेन भोलि दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा उपस्थित हुने कार्यक्रम छ ।

प्रधानमन्त्रीले सचिवालयमा उपलब्ध गराएको विवरण अनुसार, उनलाई उज्ज्यालोमा हेर्न असहज हुन्छ । उनले साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखा परीक्षण गराएका थिए, जहाँ लेफ्टिनेट कर्णेल डा. सचित ढकालले प्रधानमन्त्रीको आँखा परीक्षण गरेका थिए।

आँखा परीक्षणपछि चिकित्सकले उनको आँखा सुक्खा हुने भएकोले बेलाबेला आइड्रपको प्रयोग गरिराख्नुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री बालेनले साउन २६ गते संसद सचिवालयलाई पत्र पठाएरै जानकारी गराएका हुन् ।

उज्ज्यालोमा हेर्न गाह्रो हुने भएकाले नै बालेनले कालो चस्मा लगाउने गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री बालेनले हरेक सार्वजनिक समारोहमा कालो चस्मा लगाउँछन् । उनी यसअघि ५ पटक संसदमा उपस्थित हुँदा पनि कालो चस्मा लगाएका थिए ।

उनीसँगै गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनील लम्साल, सांसद खगेन्द्र सुनार लगायतले पनि संसदमा कालो चस्मा लगाउने गरेका थिए । सभामुखको आग्रहपछि उनीहरुले संसदमा कालो चस्मा लगाउन छाडेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
श्रीमतीलाई आगो लगाउने श्रीमान् पक्राउ

श्रीमतीलाई आगो लगाउने श्रीमान् पक्राउ

आगो लगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगोबाट मनकुमारीको छाती र ढाड जलेको छ ।
काठमाडौँमा सुरु भयो  १८औँ संस्करणको नाडा अटो शो (तस्बिरहरू)

काठमाडौँमा सुरु भयो १८औँ संस्करणको नाडा अटो शो (तस्बिरहरू)

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु भएको छ ।
राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीले पछिल्लो समय गरेको भनिएको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् ।