नेभिगेशन
नेताका कुरा

३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

काठमाडौँ । शक्ति बाँडफाँटलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद सुल्झिएको नेताहरूले बताएका छन् ।

एक नेताका अनुसार, एमाले नेता किरण थापामगर नेतृत्वको प्रदेश मन्त्रिपरिषदमा अब नेकपाले ३ मन्त्री पाउने छ भने प्रदेश सभामा रिक्त सभामुख पनि पाउने छ । मन्त्री बाँडफाँटमा असन्तुष्ट पूर्वएकीकृत समाजवादी पक्षलाई पनि समेटिने छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेताहरुका बीचमा शक्ति बाँडफाँटमा सहमति भएपछि अब नेकपाका सबै सांसद थापालाई विश्वासको मत दिन राजी भएका छन् ।

Ncell
Extreme Energy

स्रोतका अनुसार नेकपा सांसद रत्न ढकाललाई सभामुख बनाउने चर्चा छ । तत्कालीन सभामुख भुवन पाठकले राजीनामा दिएपछि बागमती प्रदेशमा सभामुख पद रिक्त छ । उपसभामुख अप्सरा चापागाईंले नै कार्यबाहक सभामुखको भूमिका निर्वाह गरिरहेकी छन् ।

अन्य विवाद शीर्ष नेताहरूले सुल्झाउने पनि एक नेताले बताए । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालका बीचमा छलफल हुने पनि ती नेताले बताए ।

मन्त्रालय बाँडफाँटमा नेकपाभित्र पूर्व एकीकृत समाजवादीलाई उपेक्षा गरिएको भन्दै केही सांसद हिजो प्रदेशसभा बैठकमा सहभागी भएनन् ।  मन्त्री बाँडफाँटमा पूर्वमाओवादी केन्द्रभित्र पनि विवाद थियो । प्रदेशको शक्ति सन्तुलनअनुसार मन्त्रालय बाँडफाँट नभएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका थिए ।

मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

नेकपाभित्रको विवाद सुल्झिए पनि प्रतिपक्षी कांग्रेसले भने मुख्यमन्त्री नियुक्तिसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै अदालतको आदेश नआएसम्म बैठक नबोलाउन सभामुखलाई आग्रहसहितको पत्र हिजो नै बुझाइसकेको छ । जबरजस्ती बैठक बोलाइए अवरोध गर्ने चेतावनी पनि कांग्रेसले दिएको छ ।

उच्च अदालतमा दायर मुद्दामा कारण देखाउ आदेश जारी गरेकोमा भोलि दुवै पक्षलाई बोलाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।