नेभिगेशन
नेताका कुरा

३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

काठमाडौँ । शक्ति बाँडफाँटलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद सुल्झिएको नेताहरूले बताएका छन् ।

एक नेताका अनुसार, एमाले नेता किरण थापामगर नेतृत्वको प्रदेश मन्त्रिपरिषदमा अब नेकपाले ३ मन्त्री पाउने छ भने प्रदेश सभामा रिक्त सभामुख पनि पाउने छ । मन्त्री बाँडफाँटमा असन्तुष्ट पूर्वएकीकृत समाजवादी पक्षलाई पनि समेटिने छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेताहरुका बीचमा शक्ति बाँडफाँटमा सहमति भएपछि अब नेकपाका सबै सांसद थापालाई विश्वासको मत दिन राजी भएका छन् ।

Ncell
Extreme Energy

स्रोतका अनुसार नेकपा सांसद रत्न ढकाललाई सभामुख बनाउने चर्चा छ । तत्कालीन सभामुख भुवन पाठकले राजीनामा दिएपछि बागमती प्रदेशमा सभामुख पद रिक्त छ । उपसभामुख अप्सरा चापागाईंले नै कार्यबाहक सभामुखको भूमिका निर्वाह गरिरहेकी छन् ।

अन्य विवाद शीर्ष नेताहरूले सुल्झाउने पनि एक नेताले बताए । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालका बीचमा छलफल हुने पनि ती नेताले बताए ।

मन्त्रालय बाँडफाँटमा नेकपाभित्र पूर्व एकीकृत समाजवादीलाई उपेक्षा गरिएको भन्दै केही सांसद हिजो प्रदेशसभा बैठकमा सहभागी भएनन् ।  मन्त्री बाँडफाँटमा पूर्वमाओवादी केन्द्रभित्र पनि विवाद थियो । प्रदेशको शक्ति सन्तुलनअनुसार मन्त्रालय बाँडफाँट नभएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका थिए ।

मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

नेकपाभित्रको विवाद सुल्झिए पनि प्रतिपक्षी कांग्रेसले भने मुख्यमन्त्री नियुक्तिसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै अदालतको आदेश नआएसम्म बैठक नबोलाउन सभामुखलाई आग्रहसहितको पत्र हिजो नै बुझाइसकेको छ । जबरजस्ती बैठक बोलाइए अवरोध गर्ने चेतावनी पनि कांग्रेसले दिएको छ ।

उच्च अदालतमा दायर मुद्दामा कारण देखाउ आदेश जारी गरेकोमा भोलि दुवै पक्षलाई बोलाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिकलाई प्रहरीले काठमाडौंको चौमतीबाट पक्राउ गरेको छ।
प्रधानमन्त्री बालेन शाहलाई भोलि यी ११ सांसदले सोध्दैछन् प्रश्न

प्रधानमन्त्री बालेन शाहलाई भोलि यी ११ सांसदले सोध्दैछन् प्रश्न

प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको सामना गर्ने भएका छन्। प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा विभिन्न राजनीतिक दलका ११ सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्ने भएका छन्।
जसपाले लुम्बिनीका तीन सांसदलाई पुन: सोध्यो स्पष्टीकरण

जसपाले लुम्बिनीका तीन सांसदलाई पुन: सोध्यो स्पष्टीकरण

जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशसभाका तीन सांसदहरूलाई २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
कांग्रेस महाधिवेशन रोक्ने रिटको सुनुवाइ विहीबार

कांग्रेस महाधिवेशन रोक्ने रिटको सुनुवाइ विहीबार

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले देउवा र खड्काको छुट्टा छुट्टै रिट निवेदन विहीबारका लागि पेशी तोकिएको जानकारी दिए ।