नेभिगेशन
समाज

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपाध्यक्ष रामबहादुर थापा बादललाई बुझाइएको प्रतिवेदनमा नेतृत्वको अधिकारको अतिकेन्द्रीकरण र सामूहिक नेतृत्वको ह्रासका कारण एमालेले दुर्गति भोग्नुपरेको उल्लेख गरेका छन् ।

Ncell
Extreme Energy

‘८ औं महाधिवेशनदेखि अभ्यास गरिएको बहुपदीय संरचना र सामूहिक नेतृत्व प्रणालीलाई संकुचित गर्दै ११औं महाधिवेशनमार्फत विधानमा अध्यक्षकेन्द्रित अधिकार अत्यधिक वृद्धि गरियो । यसले सामूहिक निर्णय प्रक्रिया र नेतृत्व विकासको आधारलाई कमजोर बनायो,’ उनले भनेका छन् ।

कमिटी प्रणाली भत्किँदा र नेतृत्वकेन्द्रित कार्यशैली हावी हुँदा वैचारिक कामभन्दा अवसरका लागि नेताहरूको वरिपरि घुम्ने, चाकरी र चाप्लुसी गर्ने गणेश प्रवृत्ति मौलाएको उनको ठहर छ ।

यस्तै उनले नेतृत्व तहमा आफ्ना कमजोरीहरूको आलोचना सुन्न नचाहने र आत्मप्रशंसाको भोक बढ्ने प्रवृत्ति देखिएको उनले बताएका छन् । जसले कार्यकर्तामा हो मा हो मिलाउने चाटुकारिता बढाएको बताएका छन् ।

‘कम्युनिस्ट पार्टीमा हुनुपर्ने कमरेडली भावना कमजोर भयो र असहमत पक्षलाई बोलाएर छलफल गर्नुको सट्टा सिधै कित्ताकाट गर्ने प्रवृत्ति नेतृत्वमा देखियो,’ उनले भनेका छन् ।

यति मात्र होइन, भदौ २३ को आन्दोलनमा मारिएका र घाइते भएका युवाहरूप्रति मानवीय संवेदना र सहानुभूति प्रकट गर्न नेतृत्वले कञ्जुस्याइँ गर्दा पार्टी असंवेदनशील र दम्भी भएको भाष्य विपक्षीहरूले स्थापित गर्ने मौका पाएको पनि महासचिव पोखरेलले उल्लेख गरेका छन् ।

यस्तै निर्वाचनमा बेहोर्नुपरेको लज्जास्पद र अकल्पनीय पराजयका लागि मुख्य नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने आवाज कार्यकर्ता तहबाट बलियो रूपमा उठेको छ भन्दै उनले घुमाउरो भाषामा अध्यक्ष ओलीलाई नेतृत्व छाड्न भनेका छन् ।

विगतमा (२०६४ सालमा) पार्टी पराजित हुँदा तत्कालीन महासचिव माधवकुमार नेपालले नैतिकताको आधारमा राजीनामा दिएको नजिरलाई पनि प्रतिवेदनमा स्मरण गरिएको छ ।

महासचिव पोखरेलले उमेर हद र दुई कार्यकालको सीमा हटाउँदाको असर पार्टीमा परेको बारम्बार उल्लेख गरेका छन् ।

‘पार्टी विधानबाट ७० वर्षे उमेर हद र कार्यकारी पदमा बढीमा दुई कार्यकाल रहने लोकतान्त्रिक व्यवस्था हटाउँदा नयाँ पुस्ता पार्टी र आन्दोलनबाट टाढियो । कार्यकर्ताहरूले यस व्यवस्थालाई विधान संशोधन गरेर तुरुन्त ब्युँताउन माग गरेका छन्,’ उनले भनेका छन् ।

यस्तै वरिष्ठ नेताहरूलाई मार्गदर्शक को रूपमा सम्मानित भूमिका (अभिभावक) मा राखी कार्यकारी तहमा नयाँ पुस्तालाई स्थान दिन अन्तर–पुस्ता आबद्धता को योजना ल्याउन सुझाव दिइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको ऐतिहासिक योगदान र सफलताहरूको उच्च मूल्यांकन हुनुपर्ने महासचिव पोखरेलले बताएका छन् ।

अध्यक्ष ओलीको नेतृत्वमा पार्टीले जातीय र क्षेत्रीयतामा आधारित विग्रहकारी एजेन्डाहरूको बलियो प्रतिवाद गर्न सफलता पाएको उनले उल्लेख गरेका छन् ।

दोस्रो संविधानसभाबाट संविधान जारी गर्ने ऐतिहासिक कार्य, नाकाबन्दीको दृढतापूर्वक सामना, र चीनसँगको ऐतिहासिक व्यापार तथा पारवहन सम्झौता गरी नेपाललाई भूपरिवेष्टित बाट भूजडित राष्ट्र बनाउने काम ओलीकै नेतृत्वमा भएको प्रतिवेदनमा उल्लेख छ ।

२०७४ को निर्वाचनमा वाम गठबन्धन बनाई ऐतिहासिक सफलता हासिल गर्नु र जनताको बहुदलीय जनवाद (जबज) को विकास एवं प्रवर्द्धनमा ओलीले महत्त्वपूर्ण भूमिका रहेको कुरा प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
यस्तो छ शंकर पोखरेलको एमाले सुधारको रोडम्याप (पूर्णपाठ)

यस्तो छ शंकर पोखरेलको एमाले सुधारको रोडम्याप (पूर्णपाठ)

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ को आन्दोलनपछि पार्टी रक्षात्मक अवस्थामा पुगेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाँदा थप क्षति भएको...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...