नेभिगेशन
जनप्रतिनिधिका कुरा

राहत र उद्धारका साथै भोलिको विपद् रोक्न आजै पूर्वतयारी गर्नुपर्छ : खुश्बु ओली

काठमाडौँ । राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका हिमाल उच्च जोखिममा रहेको भन्दै ओलीले राहत र उद्धारको कुराले नपुग्ने बताइन् । 

Ncell
Extreme Energy

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै ओलीले भनिन्, 'राहत र उद्धारको कुरा गरेर पुग्दैन । अब प्रश्न पूर्वसूचना प्रणालीको पनि हो । जोखिमयुक्त हिमतालको नियमित अनुगमन पनि हो । जलवायु प्रतिरोधी पूर्वाधार निर्माणको पनि हो । जोखिममा रहेका बस्तीको पूर्वतयारी र सुरक्षित स्थानान्तरणको हो । सबैभन्दा महत्त्वपूर्ण राज्यको जलवायु कुटनीतिको पनि हो ।' 

ओलीले विपद एउटा देशभित्र सीमित नरहने र हिमाल साझा पारिस्थितिक प्रणाली भन्दै त्यसैले यसको जोखिम व्यवस्थापनमा राष्ट्रिय समन्वयमात्र पर्याप्त नहुने बताइन् । क्षेत्रीय र विश्वव्यापी सहकार्यमा नेपालजस्ता देशले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।  

'यो बाढीको घटनालाई नेपालको जलवायु सुरक्षा, हिमाली जोखिम र जलवायु न्यायको राष्ट्रिय एजेण्डा बनाउनुपर्छ । राहत र उद्धारको जिम्मेवारी छँदैछ । भोलिको विपद् रोक्न आजै पूर्वतयारी गर्न हामीले अन्तर्राष्ट्रिय समुदायलाई भन्नुपर्छ,' उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
चार जिल्लामा १७ जनाको शव फेला, ७ जिल्ला प्रभावित

चार जिल्लामा १७ जनाको शव फेला, ७ जिल्ला प्रभावित

भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । प्रहरीले चार जिल्लामा १७ जनाको शव फेला परेको जनाएको छ ।
भोटेकोशी बाढीको जोखिमपछि सुस्ता गाउँ खाली गराइँदै

भोटेकोशी बाढीको जोखिमपछि सुस्ता गाउँ खाली गराइँदै

भोटेकोशी नदीमा आएको भीषण बाढीको प्रभाव नारायणी नदी हुँदै नवलपरासीसम्म पर्न सक्ने जोखिम बढेपछि सुस्ता गाउँ खाली गराउन थालिएको छ।
पर्यटन बोर्डले भन्यो– भोटेकोशी बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन नै छन्

पर्यटन बोर्डले भन्यो– भोटेकोशी बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन नै छन्

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि ३८४ पर्यटक सम्पर्कविहीन भएका छन्।
कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ ।