नेभिगेशन
जनप्रतिनिधिका कुरा

राहत र उद्धारका साथै भोलिको विपद् रोक्न आजै पूर्वतयारी गर्नुपर्छ : खुश्बु ओली

काठमाडौँ । राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका हिमाल उच्च जोखिममा रहेको भन्दै ओलीले राहत र उद्धारको कुराले नपुग्ने बताइन् । 

Ncell
Extreme Energy

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै ओलीले भनिन्, 'राहत र उद्धारको कुरा गरेर पुग्दैन । अब प्रश्न पूर्वसूचना प्रणालीको पनि हो । जोखिमयुक्त हिमतालको नियमित अनुगमन पनि हो । जलवायु प्रतिरोधी पूर्वाधार निर्माणको पनि हो । जोखिममा रहेका बस्तीको पूर्वतयारी र सुरक्षित स्थानान्तरणको हो । सबैभन्दा महत्त्वपूर्ण राज्यको जलवायु कुटनीतिको पनि हो ।' 

ओलीले विपद एउटा देशभित्र सीमित नरहने र हिमाल साझा पारिस्थितिक प्रणाली भन्दै त्यसैले यसको जोखिम व्यवस्थापनमा राष्ट्रिय समन्वयमात्र पर्याप्त नहुने बताइन् । क्षेत्रीय र विश्वव्यापी सहकार्यमा नेपालजस्ता देशले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।  

'यो बाढीको घटनालाई नेपालको जलवायु सुरक्षा, हिमाली जोखिम र जलवायु न्यायको राष्ट्रिय एजेण्डा बनाउनुपर्छ । राहत र उद्धारको जिम्मेवारी छँदैछ । भोलिको विपद् रोक्न आजै पूर्वतयारी गर्न हामीले अन्तर्राष्ट्रिय समुदायलाई भन्नुपर्छ,' उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।