नेभिगेशन
समाज

राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रसुवा बाढीबाट प्रभावितहरुको राहत तथा उद्धारमा सक्रिय हुन सबैलाई आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा सभापति लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दलहरूलाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठ्नुपर्ने पनि बताए ।

Ncell
Extreme Energy

संसदमा बोल्दै सभापति लामिछानेले राजनीतिक दलहरूसँग भएका उद्धार तथा राहत कार्यमा दक्ष र तालिमप्राप्त जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी परिचालन गर्नुपर्ने पनि बताए ।

विपद्को समयमा कुनै राजनीतिक दलको झण्डा नभई देशको झण्डा बोकेर नागरिकको सेवामा समर्पित हुन सबैमा अपिल गर्दछु, लामिछानेले भने ।

सभापति लामिछानेले संसदको ठूलो दलको हैसियतले रास्वपाले समन्वयकारी भूमिका निर्वाह गर्ने र आवश्यकता परे सर्वदलीय बैठकका माध्यमबाट विपद् जोखिम न्युनीकरणमा अग्रसरता लिने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रभावित नागरिको राहत र उद्धारमा सरकारले काम सुरु गरिसकेको बताउँदै सरकारको प्रयासलाई आम नागरिकलेसमेत सघाउनुपर्ने उनको भनाइ थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।