नेभिगेशन
नेताका कुरा

सर्वदलीय संसदीय समिति बनाउने रविको प्रस्तावमा गगनको सहमति

काठमाडौँ । कांग्रेस सभापति गगनकुमार थापाले रसुवा बाढीपछिको विपदमा एकै ठाउँमा उभिन सर्वदलीय संसदीय समिति बनाउन सहमति जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय समिति बनाउन प्रस्ताव गरेका थिए । 'राहत उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं । जसले सरकारलाई निर्णय गर्न सहज होस्,' लामिछानेले भनेका थिए । 

Ncell
Extreme Energy

'रास्वपा सभापतिले गर्नुभएकाे सर्वदलीय समितिकाे प्रस्तावमा हामी सहमत छौं । सर्वदलीय संसदीय समिति बनाउ । यसले पीडामा सरकारलाई आन्तरिक, बाह्य, दातृ निकाय सबै एकै ठाउँमा उभिने गरि सरकारलाई हातेमालाे गर्न सहजीकरण गरौं,' उनले भने । 

उनले दलीय पहिचान निषेध गरेर एकद्वार प्रणालीबाट राहत संकलन र वितरण गर्ने रविको कुरा ठिक भएको बताए । 

गगनले याे पहलका लागि लामिछानेलाई  धन्यवाद दिँदै आफूहरु सरकारकाे साथमा एक ठाउँमा रहेको बताए । 'प्रधानमन्त्रीज्यूले बाेलाएकाे बैठकमा पनि हामीले कांग्रेस साथमा छ भनेका छौं,' उनले भने ।  

एमाले महासचिव शंकर पाेखरेलले यस्तो अवस्थामा सरकारले, प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताए । उनले भने, 'सबै दल एक भएर जाउ । शव पहिचान र परिवारलाई हस्तान्तरणमा लागौं । वेपत्ताकाे खाेजीदेखि सबै काममा एक भएर काम गरौं । प्रभावकारी समन्वय गरौं,' उनले भने । हवाई उद्वारमा एकीकृत याेजना जरूरी रहेको उनको भनाइ थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।