नेभिगेशन
समाज

कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा पार्टीले सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेले आह्वानमा बसेको सर्वदलीय बैठकपछि सभापति थापाले नागरिक तथा गैर–सरकारी संयन्त्र राज्यकै शक्ति भएकाले सरकारले सबैलाई आफ्नो आवश्यकता अनुसार परिचालन गर्न पाउने र दलहरू त्यसका लागि तयार रहेको बताएका हुन् ।

Ncell
Extreme Energy

उनले गृहमन्त्रीको आग्रह अनुसार विपद्ग्रस्त क्षेत्रमा सडक खुलाउन, भग्नावशेष पन्छाउन तथा खोज–उद्धारमा मद्दत पु¥याउन पार्टीका कार्यकर्ताहरूलाई स्वयंसेवकका रूपमा परिचालन गरिने बताए ।
सभापति थापाले सबै राजनीतिक दलका नेता–कार्यकर्ताहरूलाई पार्टीको झन्डा वा दलगत स्वार्थभन्दा माथि उठेर विशुद्ध ’स्वयंसेवक’का रूपमा पीडितको सेवामा खटिन आह्वान गरे ।

त्यस्तै उनले राहत वितरणमा दोहोरोपन हुन नदिन र सबै पीडितसमक्ष समान रूपमा सहायता पुगोस् भन्नका लागि संकलित राहत रकम तथा सामग्री सरकारको विपद् कोषमार्फत एकद्वार प्रणालीबाट मात्र परिचालन गर्ने सहमति भएको पनि जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।