नेभिगेशन
समाज

कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा पार्टीले सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेले आह्वानमा बसेको सर्वदलीय बैठकपछि सभापति थापाले नागरिक तथा गैर–सरकारी संयन्त्र राज्यकै शक्ति भएकाले सरकारले सबैलाई आफ्नो आवश्यकता अनुसार परिचालन गर्न पाउने र दलहरू त्यसका लागि तयार रहेको बताएका हुन् ।

Ncell
Extreme Energy

उनले गृहमन्त्रीको आग्रह अनुसार विपद्ग्रस्त क्षेत्रमा सडक खुलाउन, भग्नावशेष पन्छाउन तथा खोज–उद्धारमा मद्दत पु¥याउन पार्टीका कार्यकर्ताहरूलाई स्वयंसेवकका रूपमा परिचालन गरिने बताए ।
सभापति थापाले सबै राजनीतिक दलका नेता–कार्यकर्ताहरूलाई पार्टीको झन्डा वा दलगत स्वार्थभन्दा माथि उठेर विशुद्ध ’स्वयंसेवक’का रूपमा पीडितको सेवामा खटिन आह्वान गरे ।

त्यस्तै उनले राहत वितरणमा दोहोरोपन हुन नदिन र सबै पीडितसमक्ष समान रूपमा सहायता पुगोस् भन्नका लागि संकलित राहत रकम तथा सामग्री सरकारको विपद् कोषमार्फत एकद्वार प्रणालीबाट मात्र परिचालन गर्ने सहमति भएको पनि जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकोप्टरद्वारा बिहानदेखि अहिलेसम्म (दिउँसो साढे १२ बजेसम्म) टिमुरे, धुन्चे तथा मैलुङ इलाकाबाट विभिन्न ६ देशका ४५ विदेशी सहित ३३६...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।
नापी विभागले बाढी प्रभावित क्षेत्रको विपद् नक्सांकन गर्ने

नापी विभागले बाढी प्रभावित क्षेत्रको विपद् नक्सांकन गर्ने

नापी विभागले बाढी प्रभावित क्षेत्रको निजी तथा सार्वजनिक जग्गाको क्षतिको विवरण संकलन र विपद् नक्साङ्कन गर्ने भएको छ ।
एनसेलद्वारा बाढी प्रभावितका लागि १ करोड सहयोग घोषणा

एनसेलद्वारा बाढी प्रभावितका लागि १ करोड सहयोग घोषणा

एनसेल फाउण्डेसनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।