नेभिगेशन
नेताका कुरा

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

काठमाडौँ । सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्चको पछिल्लो आदेशसँगै गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई १५ औं महाधिवेशन गर्न बाटो खुलेको छ । कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्दैछ ।

Ncell
Extreme Energy

न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासले देउवा र खड्काको मागमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको हो।

आदेशमा भनिएको छ– ‘...पुनरवलोकनको आदेश भएकोमा त्यसको किनारा नभएसम्म फैसलाको कार्यान्वयन स्थगन गर्नुपर्ने कानुनी व्यवस्था गरेको देखिएता पनि वैशाख ४ को आदेशले फैसला कार्यान्वयन गर्नुपर्ने गरी कुनै आदेश निर्देश नगरी निवेदन नै खारेज गरेकोसमेत स्थितिमा निवेदन माग बमोजिम अन्तरकालीन आदेश जारी गर्न पर्नेसम्मको पूर्वावस्था प्रथम दृष्टिमा नै नदेखिएको हुनाले निवेदन माग बमोजिम अन्तरकालीन आदेश जारी गरिरहनु परेन ।’

यो आदेशले कांग्रेसलाई पन्ध्रौँ महाधिवेशन गर्न बाटो खोलेको सर्वोच्च प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनःस्थापना कार्यमा राष्ट्रसेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।
भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

पृथ्वी राजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको पूर्वाधार विकासमन्त्रीको सचिवालयले जनाएको छ । बाढीका...
तिब्बतमा भूकम्प,नेपालमा बाढी !

तिब्बतमा भूकम्प,नेपालमा बाढी !

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ घण्टामा  २७ करोड ३३ लाख सहयोग संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ घण्टामा २७ करोड ३३ लाख सहयोग संकलन

अर्थमन्त्रालयका अनुसार पछिल्लो ६ घण्टामा विभिन्न १० वटा निजी संघसंस्थाबाट २७ करोड ३३ लाख संकलन भएको छ ।