नेभिगेशन
समाज

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री लगायत मन्त्रिपरिषद्का सवै सदस्यको एक महिनाको तलब÷पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

Ncell
Extreme Energy

बैठकले नेपाल–चीन सीमा रसुवागढी एवम् भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलित तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । 

प्रवक्ता पोखरेलले नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी कुल १५ वटा हेलिकप्टर खोज तथा उद्धारमा खटिएका र ४ वटा हेलिकप्टर ट्रिपमार्फत खाद्य तथा गैर–खाद्य राहत सामग्री प्रभावित बस्तीहरूमा पु¥याइएको जानकारी दिए ।
 
उनले भोटेकोशी नदीमा लेदोसहित पानीको बहाव केही बढेको सूचना आए पनि ठूलो ड्याम फुटेको अवस्था नरहेको र पानी ओभरफ्लो भएका कारण सतह बढेको पाइएको उल्लेख गरे ।
 
परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर समन्वय भइरहेको र तत्कालै सीमापारिबाट ठूलो विपद्को जोखिम नरहेको जानकारी प्राप्त भएको पनि उनले जानकारी दिए । 

आजकै बैठकले भारतसँग जीटुजी खरिदमाध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको प्रवक्ता पोखरेलले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः ४८९ जनाको शव भेटियो, अन्यको खोजी जारी

भोटेकोशी बाढीः ४८९ जनाको शव भेटियो, अन्यको खोजी जारी

भोटेकाशी बाढीमा बेपत्ता भएकामध्ये ४८९ जनाको शव भेटिएको छ। आज मध्यान्ह १२ बजेसम्ममा विभिन्न आठ जिल्लामा ती शव भेटिएको प्रहरीले जनाएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा राहत कोष १ करोड सहयोग हस्तान्तरण

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा राहत कोष १ करोड सहयोग हस्तान्तरण

विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।
सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

भोटेकोशी नदीमा लेदो सहितको पानीको बहाव बढिरहँदा सरकारले तिब्बततर्फ थुनिएको खोलाको बाँध फुटेको नभई ओभर फ्लो भएका कारण नदीमा पानीको सतह बढेको बताएको छ ।