नेभिगेशन
समाज

रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

काठमाडौँ । बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा एनसेलले आज १४ वटा मोबाइट टावर पुनः सञ्चालनमा ल्याएको छ । प्रभावित तीन जिल्लाका कुल २७ साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ साइट पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावरहरु प्रभावित भएर सेवामा असर परेको थियो । ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउँदै उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले एनसेलको प्राविधिक टोलीको अथक प्रयासबाट आज १४ टावरहरु पुनःसञ्चालनमा आएका हुन् ।

Ncell
Extreme Energy

“सम्भव भएका स्थानमा क्षतिग्रस्त फाइबर मर्मत गरी टावरहरू सञ्चालनमा ल्याइएको छ भने कति स्थानमा पुराना माइक्रोवेभ लिंकको प्रयोग गरी नेटवर्क पुन सुचारु गरिएको छ । केही क्षेत्रमा फाइबर कनेक्टिभिटी पुनःस्थापनाका लागि इन्टरनेट सेवा प्रदायकसँग समेत सहकार्य गरिएको छ,” एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले भनिन् ।

उनका अनुसार, बाढी तथा पहिरोबाट बन्द रहेको नेटवर्क पुनःस्थापनाका लागि एनसेलले आफ्ना प्राविधिक टोलीलाई एयर रुट र ल्याण्ड रुट दुवै रुटबाट आफ्नो प्राविधिक टोली परिचालन गरेको थियो । सरकारी निकायहरूको सहयोग र समन्वयमा टोलीहरू प्रभावित क्षेत्रमा पुगेर नेटवर्क मर्मत तथा पुनःस्थापना गर्न सफल भएका हुन् ।

यसैबीच, आज दिउँसो १२ः४७ बजे धादिङको गल्छी क्षेत्रमा बाढीको भग्नावशेष हटाउने क्रममा फाइबर काटिँदा थप १८ वटा साइट प्रभावित भएका थिए । एनसेलले तत्काल प्राविधिक टोली परिचालन गरी ती सबै १८ साइटसमेत पुनः सञ्चालनमा ल्याएको छ ।

विपद्को यस कठिन समयमा दूरसञ्चार सेवा निरन्तर सञ्चालनमा राख्नु उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण रहेको एनसेलले जनाएको छ । प्रभावित क्षेत्रमा रहेका नागरिकलाई आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतसम्बन्धी आवश्यक समन्वय गर्न सञ्चार सेवा उपलब्ध गराउन कम्पनीले उच्च प्राथमिकताका साथ नेटवर्क पुनःस्थापनाको काम गरिरहेको जनाएको छ ।

नेटवर्क पुनःस्थापनाका क्रममा सहयोग प्रदान गर्ने नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा सञ्चार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, नेपाली सेना लगायत सम्बन्धित सरकारी निकायका साथै ह्वावे र जेटीईलगायतका संस्थाहरूप्रति एनसेलले आभार व्यक्त गरेको छ ।

एनसेलले विपद्को यस कठिन घडीमा प्रभावित समुदायको साथमा रहँदै आवश्यकताअनुसार आफ्नो नेटवर्क तथा प्राविधिक स्रोतसाधन परिचालन गरी दूरसञ्चार सेवा यथासम्भव निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

त्रिभुवन विमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा छन्। कतै हेलिकोप्टरले आफ्नो मान्छे ल्याइहाल्छ कि भन्ने आशामा बेपत्ताका आफन्तहरु विमानस्थल बाहिर कुरिरहेका छन्।
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् ।
भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भौतिक क्षति त एउटा कुरा भयो, यो भन्दा ठूलो क्षति मानवीय क्षति हो । सुरक्षा पहरा दिँदै गरेका सुरक्षाकर्मी बेपत्ता छन्, भन्सारमा काम गर्दै गरेका कर्मचारी सम्पर्कविहीन छन्...
खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन् ।  त्रिशूली जिल्ला अस्पतालमा आपतकालीन मेडिकल टोली पनि पुगेको छ ।