नेभिगेशन
समाज

बीएण्डबी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख दिने

काठमाडौँ । बीएण्डबी ग्रुप नेपालले हालैको विपदबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिमल बसेल र बिमला बसेलद्वारा सञ्चालित ग्रुपअन्तर्गतको बीएण्डबी लेक भ्यू अपार्टमेन्टले ५० लाख सहयाेग गर्ने जनाएकाे हाे । देशले कठिन परिस्थितिको सामना गरिरहेका बेला प्रभावित तथा आवश्यकतामा रहेका नागरिकको साथमा उभिनु आफ्नो जिम्मेवारी भएको भन्दै उक्त रकम सहयोग गर्ने घोषणा गरिएको हो।

Ncell
Extreme Energy

ग्रुपले संकटको समयमा हरेक योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनामा सबै मिलेर अघि बढ्नुपर्ने सन्देशसमेत दिएको छ ।

‘नेपालका लागि, नेपाली जनताका लागि' भन्ने सन्देशसहित बीएण्डबी ग्रुपले संकटको समयमा नेपाली जनताको साथमा रहेको जनाएको छ ।

भाेटेकाेशीमा आएकाे बाढीका कारण रसुवा, नुवाकाेट र धादिङमा ठूलाे भाैतिक तथा मानवीय क्षति भएकाे छ । उक्त विपत्तीमा परेकाहरुकाे उद्धार तथा राहतकाे लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोष स्थापना गरेकाे छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
बाढी प्रभावित समुदायको राहत उद्धार तथा पुनर्स्थापना लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग

बाढी प्रभावित समुदायको राहत उद्धार तथा पुनर्स्थापना लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग

नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रुपमा हस्तान्तरण गरेको छ ।
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा

शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा

उक्त सहयोग निम्नानुसार शारदा ग्रुपअन्तर्गतका विभिन्न कम्पनीहरूको तर्फबाट पशुपति खाद्य तेल उद्योग प्रा.लिले  ६१ लाख, पशुपति सिनप्याक इन्डस्ट्रिजले १५ लाख रुपैयाँ, प्रिमियर वायर्सले १५ लाख, र प्रिमियर डिस्टिलरी...
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक श्री कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष श्री गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्...