नेभिगेशन
नेताका कुरा

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटमा नेता प्रतिपक्षी दलका नेता आङ्देम्बेले प्रभावित क्षेत्रका नागरिकको जीवन रक्षालाई सर्वोच्च प्राथमिकतामा राखी उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई तीव्रता दिन आग्रह गरेका हुन् ।

Ncell
Extreme Energy

बाढी प्रभावित क्षेत्रको निरीक्षण गरी राजधानी फर्केका नेता आङ्देम्बेले उद्धारलाई थप प्रभावकारी बनाउन रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न, कम्तीमा ७ स्थानमा बेलिब्रिज जडान गरी अवरूद्ध सडक सञ्जाल पुनःसञ्चालन गर्न, बाढी प्रभावित क्षेत्रमा विद्युत् तथा टेलिफोन सेवा तत्काल सुचारू गर्न, बेपत्ताको खोजी र शव व्यवस्थापनलाई तीव्र पार्न तथा सुरक्षित स्थानमा ल्याइएका नागरिकलाई काठमाडौंसम्म ल्याउने यातायातको व्यवस्था गर्न आग्रह गरे ।

त्यस्तै, उनले घाइतेका लागि अक्सिजन, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्न, ज्येष्ठ नागरिकका लागि पर्याप्त शय्या उपलब्ध गराउन, सुरूङ तथा भग्नावशेषमा नागरिक फसेका सम्भावनालाई मध्यनजर गर्दै जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञ टोली परिचालनको अनुमति दिन, राहत वितरणमा स्थानीय तह र सामाजिक संघसंस्थासँग समन्वय गर्न तथा त्रिशूलीलगायत नदी क्षेत्रमा शीघ्र तुइनको व्यवस्था गर्न पनि उनले आग्रह गरे ।

जवाफमा प्रधानमन्त्री बालेनले उद्धार, खोजी र राहतलाई सरकारले प्राथमिकता दिएको बताएको आङ्देम्बेले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भोटेकोशी बाढीको चौथो दिन ४४ जनाको उद्धार (तस्बिरहरू)

भोटेकोशी बाढीको चौथो दिन ४४ जनाको उद्धार (तस्बिरहरू)

सेनाका अनुसार सैनिक हेलिकोप्टरबाट आज दिउँसो साढे १२ बजेसम्म बजेसम्म ४ चिनियाँ र ३ भारतीय नागरिकसहित ४४ जनाको उद्धार गरिएको हो ।
भोटेकोशी बाढी : यसरी पुग्न सकिन्छ रसुवा

भोटेकोशी बाढी : यसरी पुग्न सकिन्छ रसुवा

भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ ।
त्रिशूली ३ ‘ए’ को सुरुङको मुख खोल्ने प्रयास जारी

त्रिशूली ३ ‘ए’ को सुरुङको मुख खोल्ने प्रयास जारी

टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो।