नेभिगेशन
समाज

रास्वपा सांसदहरुलाई सचेतक धितालको कडा निर्देशन : अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजानु

फोटो/भिडियो खिचाउने र हाल्ने नगर्नु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदलाई अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजान निर्देशन जारी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका सांसदहरु अनावश्यक रुपमा विपद् प्रभावित क्षेत्रमा गएर फोटो खिचाउने, भिडभाड गर्ने भनेर गुनासो आएपछि  संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले आइतबार दलका तर्फबाट निर्देशन जारी गर्दै सांसदहरुलाई पठाएकी हुन् । 

Ncell
Extreme Energy

'हामीले स्पष्ट रूपमा भनेका छौँ विपद् प्रभावित क्षेत्रका सांसदहरू आवश्यकताअनुसार सम्बन्धित क्षेत्रमा जानुहोला। अन्य सांसदहरूले भने अहिले अनावश्यक रूपमा प्रभावित क्षेत्रमा जानेभन्दा आफ्नो स्थानबाट समन्वय र सहयोगमा ध्यान दिनुहोला,' निर्देशनमा भनिएको छ । 

सचेतक धितालले विपद्को बेलाको संवेदनशील अवस्था बुझी बाढी वा विपद्का दृश्यहरू खिच्ने, फोटो/भिडियो सामाजिक सञ्जालमा राख्ने काम नगर्न पनि निर्देशन दिएकी छिन् । 

रास्वपा सचेतकले सांसदहरुलाई पठाएको निर्देशन:

सम्पूर्णमा नमस्कार। आशा छ तपाईंहरू सबै आरामै र सुरक्षित हुनुहुन्छ।

हामी सबै अहिले विपद्को मारमा छौँ। यस्तो अवस्थामा सकेसम्म सबैलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने चिन्ता पनि हामी सबैमा भएको महसुस गरेका छौ । र यो जिम्मेवारी हामी सबैको हो।

तर हामीले स्पष्ट रूपमा भनेका छौँ विपद् प्रभावित क्षेत्रका सांसदहरू आवश्यकताअनुसार सम्बन्धित क्षेत्रमा जानुहोला। अन्य सांसदहरूले भने अहिले अनावश्यक रूपमा प्रभावित क्षेत्रमा जानेभन्दा आफ्नो स्थानबाट समन्वय र सहयोगमा ध्यान दिनुहोला।

विशेषगरी, बाढी वा विपद्का दृश्यहरू खिच्ने, फोटो/भिडियो सामाजिक सञ्जालमा राख्ने काम नगर्नुहोला। तपाईंहरूले सूचना दिन वा प्रभावितप्रति सहानुभूति व्यक्त गर्नकै लागि गर्नुभएको भए पनि अहिलेको संवेदनशील अवस्थामा त्यसलाई सार्वजनिक रूपमा फरक ढंगले बुझिन सक्छ। बुझिएको छ ।

हामीसँग अहिले शुभेच्छा व्यक्त गर्नुबाहेक धेरै ठूलो सीप वा स्रोत नहुन सक्छ। त्यसैले हाम्रो सीप, समय र उपस्थितिले वास्तवमै केही सहयोग पुर्‍याउँछ कि उल्टै थप असहजता सिर्जना गरेर एकपटक आफैंले मूल्याङ्कन गरेर मात्र अघि बढौँ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।