नेभिगेशन
समाज

रास्वपा सांसदहरुलाई सचेतक धितालको कडा निर्देशन : अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजानु

फोटो/भिडियो खिचाउने र हाल्ने नगर्नु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदलाई अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजान निर्देशन जारी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका सांसदहरु अनावश्यक रुपमा विपद् प्रभावित क्षेत्रमा गएर फोटो खिचाउने, भिडभाड गर्ने भनेर गुनासो आएपछि  संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले आइतबार दलका तर्फबाट निर्देशन जारी गर्दै सांसदहरुलाई पठाएकी हुन् । 

Ncell
Extreme Energy

'हामीले स्पष्ट रूपमा भनेका छौँ विपद् प्रभावित क्षेत्रका सांसदहरू आवश्यकताअनुसार सम्बन्धित क्षेत्रमा जानुहोला। अन्य सांसदहरूले भने अहिले अनावश्यक रूपमा प्रभावित क्षेत्रमा जानेभन्दा आफ्नो स्थानबाट समन्वय र सहयोगमा ध्यान दिनुहोला,' निर्देशनमा भनिएको छ । 

सचेतक धितालले विपद्को बेलाको संवेदनशील अवस्था बुझी बाढी वा विपद्का दृश्यहरू खिच्ने, फोटो/भिडियो सामाजिक सञ्जालमा राख्ने काम नगर्न पनि निर्देशन दिएकी छिन् । 

रास्वपा सचेतकले सांसदहरुलाई पठाएको निर्देशन:

सम्पूर्णमा नमस्कार। आशा छ तपाईंहरू सबै आरामै र सुरक्षित हुनुहुन्छ।

हामी सबै अहिले विपद्को मारमा छौँ। यस्तो अवस्थामा सकेसम्म सबैलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने चिन्ता पनि हामी सबैमा भएको महसुस गरेका छौ । र यो जिम्मेवारी हामी सबैको हो।

तर हामीले स्पष्ट रूपमा भनेका छौँ विपद् प्रभावित क्षेत्रका सांसदहरू आवश्यकताअनुसार सम्बन्धित क्षेत्रमा जानुहोला। अन्य सांसदहरूले भने अहिले अनावश्यक रूपमा प्रभावित क्षेत्रमा जानेभन्दा आफ्नो स्थानबाट समन्वय र सहयोगमा ध्यान दिनुहोला।

विशेषगरी, बाढी वा विपद्का दृश्यहरू खिच्ने, फोटो/भिडियो सामाजिक सञ्जालमा राख्ने काम नगर्नुहोला। तपाईंहरूले सूचना दिन वा प्रभावितप्रति सहानुभूति व्यक्त गर्नकै लागि गर्नुभएको भए पनि अहिलेको संवेदनशील अवस्थामा त्यसलाई सार्वजनिक रूपमा फरक ढंगले बुझिन सक्छ। बुझिएको छ ।

हामीसँग अहिले शुभेच्छा व्यक्त गर्नुबाहेक धेरै ठूलो सीप वा स्रोत नहुन सक्छ। त्यसैले हाम्रो सीप, समय र उपस्थितिले वास्तवमै केही सहयोग पुर्‍याउँछ कि उल्टै थप असहजता सिर्जना गरेर एकपटक आफैंले मूल्याङ्कन गरेर मात्र अघि बढौँ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा उच्च गतिको नि:शुल्क इन्टरनेट उपलब्ध गराउने स्टारलिङ्कको प्रस्ताव

बाढी प्रभावित क्षेत्रमा उच्च गतिको नि:शुल्क इन्टरनेट उपलब्ध गराउने स्टारलिङ्कको प्रस्ताव

इलोन मस्कको स्पेसएक्सद्वारा सञ्चालित स्टारलिङ्कले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नि:शुल्क  इन्टरनेट सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ ।
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस, 'ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ'

बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस, 'ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ'

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरेका छन् ।
नेकपाले बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्ने

नेकपाले बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्ने

नेपाली कम्युनिस्ट पार्टीले रसुवा बाढीबाट पीडितहरुको सहयोगमा प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ ।
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४१८ सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४१८ सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु हुनेको संख्या ७३४ पुगेको छ ।

भर्खरै