नेभिगेशन
समाज

बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी प्रभावितको खोजी, उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन पार्टीका सम्पूर्ण तह र निकायलाई निकायलाई निर्देशन दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानेले आज पार्टी कार्यालयमा पार्टीका पदाधिकारी तथा विभिन्न विभागका प्रमुखहरुबाट भोटेकोशी बाढीबाट प्रभावितहरुको खोजी, उद्धार तथा राहतको कामबारे ब्रिफिङ लिएका छन् । 
सभापति लामिछानेलाई महामन्त्री विपीन आचार्य, संसदीय दलका उपनेता गणेश पराजुली, संगठन विभाग प्रमुख प्रमोद न्यौपाने तथा नेताहरु समीक्षा बास्कोटा, जगदीश खरेल, विश्व पोखरेल लगायतले प्रभावित क्षेत्रमा भइरहेको कामका बारेमा जानकारी गराएका थिए ।

Ncell
Extreme Energy

नेताहरुबाट  ब्रिफिङ लिएपछि लामिछानेले खोजी. उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन बनाउन पार्टीका सबै तह र निकायहरूलाई निर्देशन दिएका हुन्।

भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा बाढी आएदेखि नै रास्वपा सभापति लामिछाने सक्रिय छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हाइड्रोका ३७८ कर्मचारी अझै सम्पर्कविहीन

हाइड्रोका ३७८ कर्मचारी अझै सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा निर्मित तथा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनामा कार्यरत ३७८ कर्मचारी अझै सम्पर्कविहीन छन् ।
भोटेकोशीको बाढीमा बगेको ‘मानवीयता’

भोटेकोशीको बाढीमा बगेको ‘मानवीयता’

तर, समाजमा केही यस्ता राक्षसी चरित्रका व्यक्तिहरु पनि हुन्छन्– जसले अरुको दुःखमा फाइदा निकाल्न खोज्छन् । यतिसम्म कि, शवमा समेत आँखा लगाउँछन् ।
त्रिशूली–३ ‘ए’ टनेलमा उद्धार कार्य अघि बढेपछि पीडित परिवारले ऊर्जामन्त्रीलाई दिए धन्यवाद

त्रिशूली–३ ‘ए’ टनेलमा उद्धार कार्य अघि बढेपछि पीडित परिवारले ऊर्जामन्त्रीलाई दिए धन्यवाद

रसुवा बाढीबाट जलविद्युत् आयोजनाको टनेलमा फसेका व्यक्तिहरुको परिवारले समयमै उद्धार कार्य सुरु भएकामा सरकारलाई धन्यवाद दिएका छन् ।
गोसाइँकुण्ड पुगेका तीर्थयात्री वैकल्पिक मार्गबाट फर्किँदै

गोसाइँकुण्ड पुगेका तीर्थयात्री वैकल्पिक मार्गबाट फर्किँदै

रसुवाको भोटेकोशी बाढीपछि धुन्चेतर्फको नियमित मार्ग बन्द भएपछि गोसाइँकुण्ड पुगेकाहरु गोसाइँकुण्ड–दुप्चेश्वर–काठमाडौं हुँदै वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थालेका हुन् ।