नेभिगेशन
नेताका कुरा

सरकार एक्लै अघि बढ्न खोज्योः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार पार्टी कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो बारे पार्टीको स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै ओलीले रसुवा बाढीपछि सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका हुन् । उनले विपद् व्यवस्थापनमा आफ्नो दृष्टिकोण र भूमिका सुधार्न सरकारलाई आग्रह गरे । 

Ncell
Extreme Energy

उनले यसलाई राष्ट्रिय विपत्तिको रूपमा बुझेर तीनै तहका सरकार र सरोकारवालासँग समन्वय गरी प्रभावकारी रूपमा अघि बढ्न सुझाब दिए । विपद्लाई राजनीतिक विषय नबनाई साझा राष्ट्रिय समस्याका रूपमा लिएर सबै दल र सरकार मिलेर संयुक्त प्रयास गर्नुपर्ने उनको भनाइ थियो ।

उनले विपद्मा जस लिने होडबाजी नगरी साझा समाधान खोज्न सबै राजनीतिक दलहरू सरकारलाई सहयोग गर्न तयार रहेको पनि बताए ।

उनले खोज तथा उद्धार कार्यमा ’नेपाल माउन्टेनियरिङ एसोसिएसन’ जस्ता हिमाली उद्धारमा दक्षता हासिल गरेका दक्ष संस्थाहरूको सहयोग सरकारले नलिएको आरोप लगाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ:  गगन थापा

तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ: गगन थापा

उनले भने– ‘तीन तहका सरकारबीच समन्वयको खाडल देखिएको छ, संघ, प्रदेश र स्थानीय सरकारका बीचमा स्पष्ट कार्यविभाजन हुनुपर्छ र एउटै टिमको रूपमा अघि बढ्नुपर्छ।’
रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम...
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १२०, तनहुँमा ३७ र चितवनमा २६४ जनाको शव भेटिएको छ ।
रविसँग बाढी प्रभावित पालिका अध्यक्षहरूको गुनासो- कहीँकतै समन्वय भएन

रविसँग बाढी प्रभावित पालिका अध्यक्षहरूको गुनासो- कहीँकतै समन्वय भएन

केन्द्रीय तहका नेताहरूलाई सँगै राखेर गरिएको उक्त संवादमा सभापति लामिछानेले बाढीले पुर्याएको क्षति, उद्धार तथा राहत कार्यको हालको अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै स्थानीय तहका पदाधिकारीहरुले उठाएका समस्या...