नेभिगेशन
नेताका कुरा

सरकार एक्लै अघि बढ्न खोज्योः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार पार्टी कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो बारे पार्टीको स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै ओलीले रसुवा बाढीपछि सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका हुन् । उनले विपद् व्यवस्थापनमा आफ्नो दृष्टिकोण र भूमिका सुधार्न सरकारलाई आग्रह गरे । 

Ncell
Extreme Energy

उनले यसलाई राष्ट्रिय विपत्तिको रूपमा बुझेर तीनै तहका सरकार र सरोकारवालासँग समन्वय गरी प्रभावकारी रूपमा अघि बढ्न सुझाब दिए । विपद्लाई राजनीतिक विषय नबनाई साझा राष्ट्रिय समस्याका रूपमा लिएर सबै दल र सरकार मिलेर संयुक्त प्रयास गर्नुपर्ने उनको भनाइ थियो ।

उनले विपद्मा जस लिने होडबाजी नगरी साझा समाधान खोज्न सबै राजनीतिक दलहरू सरकारलाई सहयोग गर्न तयार रहेको पनि बताए ।

उनले खोज तथा उद्धार कार्यमा ’नेपाल माउन्टेनियरिङ एसोसिएसन’ जस्ता हिमाली उद्धारमा दक्षता हासिल गरेका दक्ष संस्थाहरूको सहयोग सरकारले नलिएको आरोप लगाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।