नेभिगेशन
समाज

रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

काठमाडौँ । बागमती प्रदेशका मुख्य किरण थापामगरले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतमा संघ सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय नै नगरेको गुनासो गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको पनि बताए ।

Ncell
Extreme Energy

उनले प्रधामन्त्री प्रभावित क्षेत्रमा जाँदा समेत प्रदेश सरकारले जानकारी नपाएको भन्दै दुःख व्यक्त गरे । रविसँग मुख्यमन्त्रीले भने– ‘तीन तहमा कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक छ ।’

उनले प्रभावितका लागि पठाइएको राहत सामग्री नुवाकोटको बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्याउन असहज भएको पनि बताए । 

जवाफमा रास्वपा सभापति लामिछानेले यस्तो विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्ने बताए। लामिछानेले भने– यतिबेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्नेकुरामा हामी सचेत छौँ ।’

उनले संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।