नेभिगेशन
समाज

रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

काठमाडौँ । बागमती प्रदेशका मुख्य किरण थापामगरले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतमा संघ सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय नै नगरेको गुनासो गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको पनि बताए ।

Ncell
Extreme Energy

उनले प्रधामन्त्री प्रभावित क्षेत्रमा जाँदा समेत प्रदेश सरकारले जानकारी नपाएको भन्दै दुःख व्यक्त गरे । रविसँग मुख्यमन्त्रीले भने– ‘तीन तहमा कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक छ ।’

उनले प्रभावितका लागि पठाइएको राहत सामग्री नुवाकोटको बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्याउन असहज भएको पनि बताए । 

जवाफमा रास्वपा सभापति लामिछानेले यस्तो विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्ने बताए। लामिछानेले भने– यतिबेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्नेकुरामा हामी सचेत छौँ ।’

उनले संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ:  गगन थापा

तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ: गगन थापा

उनले भने– ‘तीन तहका सरकारबीच समन्वयको खाडल देखिएको छ, संघ, प्रदेश र स्थानीय सरकारका बीचमा स्पष्ट कार्यविभाजन हुनुपर्छ र एउटै टिमको रूपमा अघि बढ्नुपर्छ।’
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १२०, तनहुँमा ३७ र चितवनमा २६४ जनाको शव भेटिएको छ ।
सरकार एक्लै अघि बढ्न खोज्योः ओली

सरकार एक्लै अघि बढ्न खोज्योः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका छन् ।
रविसँग बाढी प्रभावित पालिका अध्यक्षहरूको गुनासो- कहीँकतै समन्वय भएन

रविसँग बाढी प्रभावित पालिका अध्यक्षहरूको गुनासो- कहीँकतै समन्वय भएन

केन्द्रीय तहका नेताहरूलाई सँगै राखेर गरिएको उक्त संवादमा सभापति लामिछानेले बाढीले पुर्याएको क्षति, उद्धार तथा राहत कार्यको हालको अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै स्थानीय तहका पदाधिकारीहरुले उठाएका समस्या...