नेभिगेशन
समाज

तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ: गगन थापा

काठमाडौँ । नेपाली कांगे्रसका सभापति गगनकुमार थापाले तीन तहका सरकारबीच देखिएको समन्वयको खाडल हटाउन सरकारलाई सुझाव दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार पार्टी कार्यालय सानेपामा भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा पार्टीले गरिरहेको काम र अबको योजनाका बारेमा आयोजित बैठकमा सभापति थापाले तीन तहका सरकारबीच समन्वयको अभाव देखिएको बताएका हुन् ।

Ncell
Extreme Energy

उनले भने– ‘तीन तहका सरकारबीच समन्वयको खाडल देखिएको छ, संघ, प्रदेश र स्थानीय सरकारका बीचमा स्पष्ट कार्यविभाजन हुनुपर्छ र एउटै टिमको रूपमा अघि बढ्नुपर्छ।’

उनले विपद्को घडीमा सरकारसँग काँधमा काँध मिलाएर सरकारलाई साथ दिन कांग्रेस तयार रहेको स्पष्ट पारे । उनले प्रमुख प्रतिपक्ष दलको नाताले सरकारका कमीकमजोरीलाई भने  औल्याउने बताए । 
सभापति थापाले कुनै पनि भ्रामक वा मिथ्या सूचना फैलाउने काममा नलाग्न पार्टी पंक्तिलाई निर्देशन दिए ।

बैठकले आफ्ना सम्पूर्ण कार्यकर्ता तथा पार्टीका निकायहरूलाई परिचालन गर्ने निर्णय गरेको छ भने उद्धार र शव व्यवस्थापनमा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

प्रभावित तथा पीडितहरूका लागि खाना, लत्ताकपडा÷बन्दोबस्ती, र स्वास्थ्य उपचारको तत्काल उचित व्यवस्था हुनुपर्ने, विपद् प्रभावित क्षेत्रका बालबालिकाहरूको शिक्षासँग जोडिएका समस्याहरूलाई विशेष ध्यान दिनुपर्ने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।