नेभिगेशन
समाज

रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा गएको सांसद तथा रास्वपा नेताहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जारी केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले अनावश्यकरुपमा पार्टीको विना जानकारी प्रभावित क्षेत्रमा घुम्न जानेहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिएका हुन् । 

Ncell
Extreme Energy

सभापति लामिछानेले केही सांसद तथा नेताहरू प्रभावित क्षेत्रमा पुगेर सहयोग र उद्धारमा भन्दा बढी फोटो खिच्ने भिडियो बनाउने प्रवृती देखिएकाले त्यसलाई तत्काल रोक्न भनेका हुन् । 

उनले भने, 'तपाईंहरू व्यक्तिगत रूपमा नभई पार्टीको प्रतिनिधित्व गर्दै प्रभावित क्षेत्रमा जानुभएको हो। त्यसैले आफूले गर्ने प्रत्येक कामले पार्टीको प्रतिनिधित्व र छविलाई समेत प्रतिबिम्बित गर्छ भन्ने कुरालाई ध्यानमा राखी आवश्यक संवेदनशीलता, जिम्मेवारी र विवेक पुर्‍याउनुहोला'।

लामिछानेले बाढी गएकै दिन संसदबाट कुनै पनि नेता, सांसद तथा भिआइपीहरुलाई अनावश्यकरुपमा प्रभावित क्षेत्र घुम्न नजान भनेका थिए । साथै आफू पनि अनावश्यकरुपमा नजाने, जानै परेको खण्डमा कुनै पनि भिआइपी सेवा नचाहिने बताएका थिए । 

आजै दिउँसो पार्टीका शिर्ष नेताहरुसँगको छलफलमा पनि सभापति लामिछानेले यस विषयमा चासो राखेका थिए । लामिछानेले बाढी आएको दिनदेखिनै सक्रियता देखाएका छन् ।

लगत्तै सर्वदलीय बैठक,पार्टी बैठकबाट राहत तथा र्‍याट परिचालन देखि प्रभावित पालिका जनप्रतिनिधि, प्रदेश प्रमुखसँग निरन्तर संवाद गरिरहेका छन् । 

आज सभापति रवि लामिछानेले पार्टीका शीर्ष नेताहरूको छलफलमा पनि यसबारेमा चासो राखेका थिए । पार्टीको तर्फबाट अहिलेसम्म भए गरेका कामबारे ब्रिफिङ लिएपछि सभापति लामिछानेले अत्यावश्यकबाहेक प्रभावित क्षेत्रमा नजान भनेका हुन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।