नेभिगेशन
समाज

सुरक्षा प्रमुखहरुसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री बालेन

काठमाडौँ । भोटेकोशी बाढीको छैटौँ दिन आज प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरुसँग ब्रिफिङ लिइरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतका बारेमा प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखहरुसँग जानकारी लिएका हुन् ।

Ncell
Extreme Energy

बाढीका कारण निम्तिएको संकट समाधान गर्न बालेनले देशका सुरक्षा निकायका प्रमुखहरुसँग पालैपालो छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ । 

‘शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिनु भएको छ।’ उनको सचिवालयले भनेको छ ।

सचिवालयका अनुसार, प्रधानमन्त्रीले अब सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग र त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग ब्रिफिङ लिने छन् । 
यसअघि प्रधानमन्त्री बालेनले बाढी प्रभावित नुवाकोटको विदुर क्षेत्रको निरीक्षण गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धुञ्चेमा पाँच दिनपछि जेनेरेटर चलाएर मोबाइल चार्ज

धुञ्चेमा पाँच दिनपछि जेनेरेटर चलाएर मोबाइल चार्ज

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले  जेनेरेटर यहाँ ल्याएको हो ।
अधिकृत बन्ने आयुषको सपना सेलायो देवघाटमा

अधिकृत बन्ने आयुषको सपना सेलायो देवघाटमा

लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवा टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोस्टिङ भएको थियो । तर, सेवा प्रवेश गरेर काम थालेको पाँच महिनामै विनाशकारी बाढीमा परेर...
रसुवागढीको सुरुङबाट फर्कियो सेना

रसुवागढीको सुरुङबाट फर्कियो सेना

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।
सुरुङमा फसेकाहरूको उद्धारमा के छ प्रगति ?

सुरुङमा फसेकाहरूको उद्धारमा के छ प्रगति ?

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’को सुरुङमा विज्ञसहितको फौज खटिई खोज तथा उद्धार जारी छ ।