नेभिगेशन
समाज

कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषमा १७ लाख ६२ हजार हस्तान्तरण

काठमाडौँ । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले  भोटेकोशी बाढी प्रभावितका लागि केन्द्रीय कार्यालयले बनाएको कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा गरेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ चितवन लगायतका जिल्लाहरुमा ठूलो मानवीय एवं भौतिक क्षति गरेकोले ती क्षेत्रमा राहत तथा उद्दारका लागि काभ्रे कांग्रेसले राहत रकम हस्तान्तरण गरिएको हो ।

Ncell
Extreme Energy

पार्टी सदस्य र शुभेच्छुकबाट संकलन गरेको रकम हस्तान्तरण गरिएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले जानकारी दिए।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर सहमहामन्त्री उदय शमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई रकम हस्तान्तरण गरेको लामाले बताए ।
मानवीय सेवाका लागि उक्त रकम पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाइने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले सरकरी कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री राणाले विपद्को  घडीमा पीडितलाई सहयोग गर्न नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले गरेको सहयोगप्रति आभार प्रकट गरे । 

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नेपाली कांग्रेस काभ्रेका साथीहरूले ठूलो छाती देखाएको भन्दै पीडितको घाउमा मल्हम लगाउन ठूलो सहयोग हुने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धुञ्चेमा पाँच दिनपछि जेनेरेटर चलाएर मोबाइल चार्ज

धुञ्चेमा पाँच दिनपछि जेनेरेटर चलाएर मोबाइल चार्ज

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले  जेनेरेटर यहाँ ल्याएको हो ।
अधिकृत बन्ने आयुषको सपना सेलायो देवघाटमा

अधिकृत बन्ने आयुषको सपना सेलायो देवघाटमा

लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवा टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोस्टिङ भएको थियो । तर, सेवा प्रवेश गरेर काम थालेको पाँच महिनामै विनाशकारी बाढीमा परेर...
रसुवागढीको सुरुङबाट फर्कियो सेना

रसुवागढीको सुरुङबाट फर्कियो सेना

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।
सुरुङमा फसेकाहरूको उद्धारमा के छ प्रगति ?

सुरुङमा फसेकाहरूको उद्धारमा के छ प्रगति ?

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’को सुरुङमा विज्ञसहितको फौज खटिई खोज तथा उद्धार जारी छ ।