नेभिगेशन
समाज

कांग्रेसले भन्यो– तत्काल संसद् बैठक बोलाऊ, विपद्‍मा भएका कामबारे जानकारी देऊ

काठामडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसदको बैठक बोलाउन गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन सदन तत्काल सञ्चालन हुनुपर्ने निष्कर्ष निकालेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख सचेतक बासना थापाले संसद बैठक बोलाउन सभामुखसँग छलफल गर्ने निर्णय भएको जानकारी दिइन् ।

Ncell
Extreme Energy

जिल्ला तथा गाउँ–गाउँमा रहेका धेरै बेपत्ताका घटनाहरू सांसदहरूमार्फत सदनमा उठान हुने र समाधानका उपाय पहिल्याउन सहज हुने पनि उनले बताइन् ।

बैठकले राहत कार्यमा सहयोग पुर्‍याउन पार्टीका सवै सांसदहरुले आफ्नो आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ भने अत्यावश्यक पूर्वाधारको तत्काल पुनर्निर्माण गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन आग्रह गरिएको प्रमुख सचेतक थापाले जानकारी दिइन् ।

त्यस्तै कांग्रेस सचेतक निश्कल राईले वास्तविक पीडित र आवश्यक परेका मानिसहरूले राहत पाउन नसकेको र राहत सामग्री एकै ठाउँमा थुप्रिने तर वितरण प्रणाली प्रभावकारी हुन नसकेको बताए । सरकारको एकद्वार प्रणालीमा स्थानीय तहसँग पर्याप्त समन्वय नभएको पनि उनले बताए । 

पीडित परिवारको पीडा र परम्परागत संस्कारलाई ध्यानमा राखी सुरक्षित र मर्यादित व्यवस्थापनका लागि विज्ञहरूसँग सल्लाह लिएर अघि बढ्न पनि सरकारसँग आग्रह गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच के भयो छलफल ?

बाढी प्रभावितको खोजी, उद्धार र राहतमा तीन तहका सरकारहरुबीच समन्वयन नभएको तथा जलविद्युत आयोजनाका सुरुङमा फसेकालाई उद्धार गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री र सत्तारुढ दलका...
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

केही समयमै तलतिरका घर, बस्ती र अन्य संरचना बाढीमा डुब्न थाले । उनीहरूले हेर्दाहेर्दै आफ्नै साथीहरूलाई बाढीले बगाएर बेपत्ता बनायो । “हेर्दाहेर्दै कति साथीहरू बगेर बेपत्ता भए ।...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
तनहुँमा भेटिएका शव चैनपुर जंगलमा पुरिँदै

तनहुँमा भेटिएका शव चैनपुर जंगलमा पुरिँदै

देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ ।