नेभिगेशन
नेताका कुरा

संसद् बैठक बोलाउन सभामुखसँग कांग्रेसको माग, भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ । संसद्को बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार (भोलि) बस्ने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार सिंहदरबारमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख डोलप्रसाद (डीपी) अर्यालले मंगलबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद् बैठक सञ्चालनको टुङ्गो लगाउने बताएका हुन् ।

Ncell
Extreme Energy

सदन विपद्का कारण केही दिन स्थगित गरिएको भए पनि अब तत्काल सञ्चालन गर्न आफूले सभामुखको ध्यानाकर्षण गराएको आङदेम्बेले बताए ।  जवाफमा सभामुख अर्यालले कार्यव्यवस्था परामर्शको बैठकपछि संसद् आह्वान गरिने प्रतिबद्धता जनाएको पनि आङदेम्बेले जानकारी दिए । 

संसदमा प्रतिपक्षी दलका नेता आङ्देम्बेले विपद् व्यवस्थापन, राहत वितरणमा हुने दोहोरोपना रोक्न र वास्तविक पीडितलाई राज्य भएको अनुभूति दिलाउन संसद् तथा संसदीय समितिहरूबाट सुक्ष्म निगरानी र निर्देशन हुनुपर्ने पनि बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।