नेभिगेशन
नेताका कुरा

बाढी प्रभावित पालिकालाई तत्काल पैसा पठाऔँः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रका पालिकाहरुलाई तत्काल राहत रकम उपलब्ध गराउन कर्मचारी संयन्त्रलाई निर्देशन दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज अर्थमन्त्रालयमा आयोजित सरोकारवालाहरुबीचको छलफलमा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री राहत कोषमा भएको पैसा छिटो प्रभावित क्षेत्रमा पठाउन निर्देशन दिएका हुन् । उनले जनताले विश्वास गरेर कोषमा दिएको पैसाको पूर्ण सदुपयोग हुनुपर्ने पनि बताए ।

Ncell
Extreme Energy

‘प्रभावित क्षेत्रका पालिकालाई रकम दिने कुरामा यो निकायबाट त्यो निकाय गर्दै धेरै प्रशासनिकीकरण हुँदा ढिलाइ भएको छ । हामीसँग कार्यविधि छ, संयन्त्र छ । कानुनले नमिल्ने गर्न मिलेन । मिल्ने कुरामा छिटो गरौं । मेयरबाट, सीडीओबाट त्यसलाई औपचारिकता दिने काम गर्दै गर्नुहोला, पैसा चाहीँ पठाइहालौं’ मन्त्री वाग्लेको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले प्रभावित क्षेत्रमा पैसा पठाउनका लागि सहजीकरण गर्न मुख्यसचिव र योजना आयोगका उपाध्यक्षलाई आग्रह गरे । उनले अर्थमन्त्रालयले गर्नुपर्ने काम गरिसकेको पनि जानकारी दिए । 
अर्थमन्त्री वाग्लेले सम्पूर्ण क्षतिको विवरण प्राप्त भइसकेपछि क्षतिपूर्ति प्रदान गर्ने योजना बनाइने पनि स्पष्ट पारे । उनले तत्कालका लागि के गर्ने र भविष्यमा के गर्ने भन्ने विषयमा योजना बनाएर अगाडि बढ्नुपर्ने बताए ।

छलफलमा बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतमा संलग्न सबै निकायका पदाधिकारीहरुको सहभागिता थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।