नेभिगेशन
नेताका कुरा

बाढी प्रभावित पालिकालाई तत्काल पैसा पठाऔँः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रका पालिकाहरुलाई तत्काल राहत रकम उपलब्ध गराउन कर्मचारी संयन्त्रलाई निर्देशन दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज अर्थमन्त्रालयमा आयोजित सरोकारवालाहरुबीचको छलफलमा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री राहत कोषमा भएको पैसा छिटो प्रभावित क्षेत्रमा पठाउन निर्देशन दिएका हुन् । उनले जनताले विश्वास गरेर कोषमा दिएको पैसाको पूर्ण सदुपयोग हुनुपर्ने पनि बताए ।

Ncell
Extreme Energy

‘प्रभावित क्षेत्रका पालिकालाई रकम दिने कुरामा यो निकायबाट त्यो निकाय गर्दै धेरै प्रशासनिकीकरण हुँदा ढिलाइ भएको छ । हामीसँग कार्यविधि छ, संयन्त्र छ । कानुनले नमिल्ने गर्न मिलेन । मिल्ने कुरामा छिटो गरौं । मेयरबाट, सीडीओबाट त्यसलाई औपचारिकता दिने काम गर्दै गर्नुहोला, पैसा चाहीँ पठाइहालौं’ मन्त्री वाग्लेको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले प्रभावित क्षेत्रमा पैसा पठाउनका लागि सहजीकरण गर्न मुख्यसचिव र योजना आयोगका उपाध्यक्षलाई आग्रह गरे । उनले अर्थमन्त्रालयले गर्नुपर्ने काम गरिसकेको पनि जानकारी दिए । 
अर्थमन्त्री वाग्लेले सम्पूर्ण क्षतिको विवरण प्राप्त भइसकेपछि क्षतिपूर्ति प्रदान गर्ने योजना बनाइने पनि स्पष्ट पारे । उनले तत्कालका लागि के गर्ने र भविष्यमा के गर्ने भन्ने विषयमा योजना बनाएर अगाडि बढ्नुपर्ने बताए ।

छलफलमा बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतमा संलग्न सबै निकायका पदाधिकारीहरुको सहभागिता थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।