नेभिगेशन
समाज

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भोटेकोसी बाढीपछिको क्षति, खोजी, उद्वार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न सभापति लामिछानेले  सर्वदलीय बैठक बोलाएका हुन् । 

Ncell
Extreme Energy

बैठक रास्वपा संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने प्रवक्ता जगदिश खरेलले बताए । 

खरेलकाअनुसार उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन सम्बन्धी छलफलका लागि बैठक बस्न लागेको हो । 

यसअघि बाढीलगत्तै बसेको सर्वदलीय बैठकबाट नेपालमा विपद्को दिगो समाधान र पूर्वतयारीका सम्बन्धमा १० बुँदे साझा सङ्कल्प पारित भएको थियो । 

'साझा सङ्कल्पको बुँदा नम्बर १० मा बमोजिम विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यहरूलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दिगो र दीर्घकालीन समाधान खोज्नु नितान्त आवश्यक छ । यसै तथ्यलाई मनन गर्दै विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न एक 'संसदीय समिति' (उच्चस्तरीय सर्वदलीय संयन्त्र) गठन गर्ने हाम्रो सहमति भएको थियो,' प्रवक्ता पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'तसर्थ, सो प्रक्रियालाई अविलम्ब अगाडि बढाउने विषयमा छलफल गर्न बैठक आयोजना गरिएको छ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...