नेभिगेशन
समाज

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भोटेकोसी बाढीपछिको क्षति, खोजी, उद्वार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न सभापति लामिछानेले  सर्वदलीय बैठक बोलाएका हुन् । 

Ncell
Extreme Energy

बैठक रास्वपा संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने प्रवक्ता जगदिश खरेलले बताए । 

खरेलकाअनुसार उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन सम्बन्धी छलफलका लागि बैठक बस्न लागेको हो । 

यसअघि बाढीलगत्तै बसेको सर्वदलीय बैठकबाट नेपालमा विपद्को दिगो समाधान र पूर्वतयारीका सम्बन्धमा १० बुँदे साझा सङ्कल्प पारित भएको थियो । 

'साझा सङ्कल्पको बुँदा नम्बर १० मा बमोजिम विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यहरूलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दिगो र दीर्घकालीन समाधान खोज्नु नितान्त आवश्यक छ । यसै तथ्यलाई मनन गर्दै विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न एक 'संसदीय समिति' (उच्चस्तरीय सर्वदलीय संयन्त्र) गठन गर्ने हाम्रो सहमति भएको थियो,' प्रवक्ता पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'तसर्थ, सो प्रक्रियालाई अविलम्ब अगाडि बढाउने विषयमा छलफल गर्न बैठक आयोजना गरिएको छ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।