नेभिगेशन
समाज
बाढी प्रभावित क्षेत्रमा रास्वपाका १२ टोली

कानुनमन्त्री सोविताको कमाण्डमा कुन नेतालाई के जिम्मेवारी ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ १० को बाढी प्रभावित क्षेत्रका लागि राहत र उद्धारका लागि मन्त्री, सा‌ंसद तथा केन्द्रीय सदस्य सम्मिलित विभिन्न टोली बनाएको छ ।
 
राहत र उद्धारका लागि केन्द्रीय परिचालन खाका बनाएको रास्वपाले कानुनमन्त्री समेत रहेकी उपसभापति सोविता गौतमको नेतृत्वमा केन्द्रीय समन्वय टोली गठन गरेको छ । टोलीमा संसदीय दलका उपनेता गणेश पराजुली र समहामन्त्री असिम शाह सदस्य छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो टोली उद्धार कार्य, राहत संकलन, स्वयंसेवक परिचालन र राहत सामग्रीको वितरणको समग्र समन्वय गर्नेछ । यसैगरी नेपाल सरकार तथा अन्य सरकारी निकायहरुसँग प्राथमिक सम्पर्क सूत्रको रुपमा कार्य गर्नेछ । 

Ncell
Extreme Energy

यसैगरी रास्वपाले मुख्य परिचालन टोली अर्थात केन्द्रीय कमाण्ड सेण्टर पनि बनाएको छ । टोलीमा सहमहामन्त्री हरि ढकाल, निशा डाँगी, पुरुषोत्तम यादव, केन्द्री सदस्य प्रमोद न्यौपाने, केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवक केसी, केन्द्रीय प्रतिनिधि रामप्रसाद भट्टराई, केन्द्रीय कार्यालय सचिव शुभराज सिल्पकार रहेका छन् । 

यो टोलीले राहत सामग्री संकलन गर्ने र अन्य प्रदेशहरुबाट संकलित सामग्री प्राप्त गर्ने, प्रभावित समुदायहरुमा सामग्री वितरण गर्न जिल्ला टोलीहरुसँग समन्वय गर्ने र उद्धार तथा राहत वितरण कार्यका लागि र्याट स्वयंसेवकहरु परिचालन गर्नेछ । 

यसैगरी आवश्यकताअनुसार हेल्पडेस्क र हेल्थ डेस्क सञ्चालन गर्ने, राहत संकलन केन्द्र पहिचान गरी प्राप्त राहतलाई व्यवस्थापन, भण्डारण र प्रभावित क्षेत्रमा वितरणका लागि पठाउने, संकलित राहत सामग्री वितरणका लागि स्थानीय स्तरमा फोकल व्यक्तिहरु तोक्ने काम गर्नेछ । हेल्पडेस्क, सरकारी संयन्त्र र स्थानीय पार्टीसंगको समन्वयमा प्रभावितहरुलाई राहत वितरण गर्ने, फिल्डका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन सुनिश्चित गर्ने गराउने, प्रभावित क्षेत्रमा स्वयंसेवकहरु आवश्यकता परेमा, मुख्य परिचालन टोलीको समन्वय र माग बमोजिम मात्र स्वयंसेवकहरु पठाउने काम गर्नेछ ।

राहत संकलन समन्वयका लागि सांसदहरु मनिष झा, अरविन्द साह, खगेन्द्र सुनार, केन्द्रीय सदस्यहरु सुष्मा बस्नेत, मन्जु सिंह, केन्द्रीय निर्वाचन आयोगका सदस्य, कुमार आनन्द मिश्र, बागमती प्रदेश सभापति उत्सव अर्याल, कोशी सभापति चन्द्र राई, मधेश सभापति तपेश्वर यादव, गण्डकी सभापति नविन त्रिपाठी, लुम्बिनी सभापति सालिकराम घिमिरे, कर्णाली सभापति मदन खड्का र सुदूरपश्चिम सभापति प्रकाश विष्टले जिम्मेवारी पाएका छन् । 

राहत व्यवस्थापन समन्वयको जिम्मेवारी केन्द्रीय सदस्य समिक्षा बास्कोटा, केन्द्रीय सचिवालय सदस्य शिव नेपाली, सांसद उत्तम पौडेल, केन्द्रीय सदस्य शोभा कार्की, गजाला शमीम मिकरानी, केन्द्रीय सदस्य सुशीला कार्की पोखरेल, हेमराज भट्ट, रहवर अन्सारी, सांसद रविन्द्र पटेल, बागमती प्रदेश सभापति उत्सव अर्याल, कोशी सभापति कोशी सभापति चन्द्र राई, मधेश सभापति तपेश्वर यादव, गण्डकी सभापति नविन त्रिपाठी, लुम्बिनी सभापति सालिकराम घिमिरे, कर्णाली सभापति मदन खड्का र सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई दिइएको छ ।

यी टोलीले सबै प्रदेशहरूबाट आर्थिक सहयोग र राहत सामग्री सङ्कलन गर्ने र केन्द्रीय समन्वय टोलीसँग समन्वय गरी मुख्य परिचालन टोलीलार्इ हस्तान्तरण गर्नेछ । यसैगरी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले राहत सङ्कलन टोलीसँग समन्वय गरी आर्थिक तथा राहत सङ्कलन गर्ने गराउने । संकलित आर्थिक सहयोगलाई सरकारी कोषमा जम्मा गर्ने गराउनेछ । 

राहत वितरण समन्वयको जिम्मा केन्द्रीय सदस्य जगदीश खरेल (दोलखा), सांसद सुनिल केसी, रुविना आचार्य र र्‍याट संयोजक वैकुण्ठ थापालाई दिइएको छ । यो टोलीले प्रभावित समुदायहरूमा सामग्री वितरण गर्न जिल्ला टोलीहरूसँग समन्व गर्ने र उद्धार तथा राहत वितरण कार्यका लागि र्‍याट स्वयंसेवकहरू परिचालन गर्नेछ । यसैगरी राहत संकलन केन्द्र पहिचान गरी प्राप्त राहतलाई व्यवस्थापन, भण्डारण र प्रभावित क्षेत्रमा वितरणका लागि पठाउनेछ । 

विपद् प्राधिकरणसँग सम्पर्क गर्ने जिम्मेवारी केन्द्रीय सदस्य प्रकृति ढकाल, रन्जु दर्शना र टासी ल्हाजोमलाई दिइएको छ । यो टोलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको आधिकारिक सम्पर्क सूत्रको रूपमा कार्य गर्ने, पार्टीको तर्फबाट नेपाल सरकार तथा अन्य सरकारी निकायहरूसँग समन्वय गर्नेछ । 

आर्थिक व्यवस्थापनतर्फ सांसद भरत पराजुली, धनन्जय रेग्मी, बिना गुरुङ, नरेन्द्र साह कलवार, विदुषी राणा, राम विनोद यादव, नितिमा कार्की, पारसमणी गेलाललाई जिम्मेवारी दिइएको छ । स्वास्थ्य सामग्री सङ्कलन समन्वयतर्फ अर्जुन श्रेष्ठ, प्रदीप तिमल्सेना (साजन), कृष्ण थापा र सन्तोष पन्तलाई जिम्मेवारी दिइएको छ । 

पार्टीका तर्फबाट स्वास्थ्यकर्मी पनि परिचालन गरिएको छ । स्वस्थ्यकर्मीहरुको रोस्टर डा तोसिमा कार्की, सहप्रवक्ता डा नमिता यादव, सांसदहरु डा लेखजंग थापा, डा ओजश्वी शेरचन, डा अंकिता ठाकुर, डा अमरकान्त चौधरी, डा दीपककुमार साह, डा ललिता कुमारी, डा शम्भु यादव रहेका छन् । यसैगरी केन्द्रीय सदस्य तथा रास्वपा सचेतक  क्रान्तिशिखा धिताल र  सांसद  सृष्टि भट्टराई मनोपरामर्शदाताका रुपमा रहेका छन् । सांसद मन्जु सिंह (नर्स), सांसद अफ्सना बानु (नर्स), सांसद खिमा विक (नर्स) रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।