नेभिगेशन
समाज

यस्तो छ भोलि संसद्‍मा सभामुखले पेश गर्ने विशेष प्रस्ताव

काठमाडौँ । भोटेकोशी बाढीका कारण करिव एक साताको बिश्रामपछि प्रतिनिधिसभाको बैठक भोलि बस्दै छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ १० गते बसेर स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Ncell
Extreme Energy

भोलिको बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले विशेष प्रस्ताव पेश गर्नेछन् । भोलिकै बैठकमा सबै दलका नेताहरुले पनि बोल्ने छन् ।

संसद् सचिवालयका अनुसार, भोलिको बैठकमा भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति संसदले दुःख व्यक्त गर्ने छ भने बेपत्ताको खोजी, घाइतेको उपचारसहित र प्रभावितको राहत प्रक्रिया तीव्र पार्न सरकारलाई आग्रह गरेको छ । 

यस्तो छ विशेष प्रस्ताव 

‘प्रतिनिधि सभाको यो बैठक, मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ र चितवन जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रका धेरै सड्ख्यामा स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता हुनुका साथै ठूलो सङ्ख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ। साथै, उक्त घटनाबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन एवम् घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवङ्गतहरूको आत्माको चीर शान्तिको कामना गर्दछ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।