नेभिगेशन
समाज

यस्तो छ भोलि संसद्‍मा सभामुखले पेश गर्ने विशेष प्रस्ताव

काठमाडौँ । भोटेकोशी बाढीका कारण करिव एक साताको बिश्रामपछि प्रतिनिधिसभाको बैठक भोलि बस्दै छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ १० गते बसेर स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Ncell
Extreme Energy

भोलिको बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले विशेष प्रस्ताव पेश गर्नेछन् । भोलिकै बैठकमा सबै दलका नेताहरुले पनि बोल्ने छन् ।

संसद् सचिवालयका अनुसार, भोलिको बैठकमा भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति संसदले दुःख व्यक्त गर्ने छ भने बेपत्ताको खोजी, घाइतेको उपचारसहित र प्रभावितको राहत प्रक्रिया तीव्र पार्न सरकारलाई आग्रह गरेको छ । 

यस्तो छ विशेष प्रस्ताव 

‘प्रतिनिधि सभाको यो बैठक, मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ र चितवन जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रका धेरै सड्ख्यामा स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता हुनुका साथै ठूलो सङ्ख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ। साथै, उक्त घटनाबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन एवम् घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवङ्गतहरूको आत्माको चीर शान्तिको कामना गर्दछ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुरुङमा भारत, चीन र कोरियाका उद्धारकर्मी

सुरुङमा भारत, चीन र कोरियाका उद्धारकर्मी

सरकारले रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरुको उद्धारमा नेपाली सेनासँगै ३ देशका विशेषज्ञ परिचालित भएको जनाएको छ ।
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

रास्वपाले बोलाएको सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी छन् ।
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १०१० पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १०१० पुग्यो

हिलेसम्म १०१० शव फेला परेको प्रहरीले जनाएको छ ।
राष्ट्रियसभाले पारित गर्यो विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव

राष्ट्रियसभाले पारित गर्यो विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव

राष्ट्रियसभाले विपद् व्यवस्थापन सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।