नेभिगेशन
नेताका कुरा

रवि लामिछानेलाई भेटेर चिनियाँ राजदूतले के भने ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदुत माओ मिङबीच आज भेटवार्ता भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानेको बुढानीलण्ठस्थित निवासमा आज दिउँसो उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा राजदूत मिङ्ले भोटेकोशी बाढीबाट भएको क्षतिबारे  दुःख व्यक्त गरे ।

Ncell
Extreme Energy

सो भेटमा चिनियाँ राजदूतले खोज, उद्धारदेखि पुनर्निर्माणसम्म नै चीन नेपालको साथमा रहेको बताउँदै नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी गराएको रास्वपा प्रवक्ता जगदीश खरेलले जनाएका छन् ।

विपद्लगत्तै उद्दारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने पनि उनले बताएका थिए ।

भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

सभापति लामिछानेले नेपालको विपद जोखिम न्युनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह समेत गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आर्मी भन्छ– जलविद्युतका सुरुङ कुनै पुरिएका छन्, कुनै टालिएका छन्

आर्मी भन्छ– जलविद्युतका सुरुङ कुनै पुरिएका छन्, कुनै टालिएका छन्

भोटेकोशी बाढीको सातौँ दिन भइसक्दा पनि नुवाकोट र रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्य सफल हुन सकेको छैन ।
निजामती सेवा दिवसका सबै कार्यक्रम रद्द, खर्च हुने रकम राहत कोषमा जम्मा गरिने

निजामती सेवा दिवसका सबै कार्यक्रम रद्द, खर्च हुने रकम राहत कोषमा जम्मा गरिने

सरकारले यस वर्ष मनाउन लागेको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ।
भोटेकोशी बाढीः ७ दिनमा १०५८ को मृत्यु पुष्टि

भोटेकोशी बाढीः ७ दिनमा १०५८ को मृत्यु पुष्टि

आज दिउँसो २ बजेसम्म १०५८ शव फेला परेको प्रहरीले जनाएको छ ।
सभामुखले एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने

सभामुखले एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने

सभामुख डोलप्रसाद (डीपी) अर्यालले हालै आएको भीषण बाढी तथा विपदबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा...