नेभिगेशन
समाज

बाढी प्रभावित त्रिभुवन त्रिशुली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

काठमाडौँ । चौधरी फाउण्डेसनले रसुवा बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन प्रभावकारी सहयोग गर्ने निर्णय गरेको छ । बाढीका कारण प्रभावित विद्यार्थीहरुलाई विद्यालयमा फर्काई उनीहरुको मनोवैज्ञानिक असर कम गर्न एवं अध्ययनलाई अगाडि बढाउन चौधरी फाउण्डेसनले आपत्कालीन सहयोग गर्न लागेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चौधरी फाउण्डेसनले उक्त विद्यालयमा डिजिटल क्लासरूमको अवधारणाअनुसार कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन लागेको हो । यसका लागि आवश्यक पर्ने स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर तथा इन्टरनेटको व्यवस्था मिलाइनेछ । त्यसैगरी, कक्षाकोठामा फर्निचरको व्यवस्था मिलाउन काठमाडौंमा तयारी अवस्थामा रहेका फर्निचर विद्यालयमा पुर्‍याइनेछ । विद्यार्थीहरुका लागि स्कूल ब्याग र स्टेसनरी सामग्री पनि उपलब्ध गराइनेछ ।

Ncell
Extreme Energy

बिद्यालयका प्रध्यानाधापक राजेन्द्र दवाडीले बिद्यालय संचालनमा ल्याउन वैकल्पिक भवनको व्यवस्था मिलाउन लागिएको जानकारी दिए । सोहि भवनबाट तत्काल विद्यालय संचालन गर्न चौधरी फाउण्डेसनले सहयोग गर्नेछ ।

त्रिभुवन त्रिशूली माध्यमिक बिद्यालयमा करिव एक हजार छ सय विद्यार्थी अध्यनरत थिए । भदौ १० गतेको वाढीले उक्त बिद्यालय ध्वस्त वनाएको छ ।

‘हामी बाढी प्रभावित क्षेत्रका बालबालिकाहरुलाई मनोवैज्ञानिक असरबाट जोगाउन र उनीहरुको पढाइप्रति संवेदनशील बन्दै हाम्रो आपत्कालीन सहयोग कार्यक्रमअन्तर्गत त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालयमा जतिसक्दो चाँडो पठनपाठन अगाडि बढाउन चाहन्छौँ,’ चौधरी फाउण्डेसनका अध्यक्ष निर्वाण चौधरीले भने, ‘हामी जति सक्दो छिटो स्कूल सञ्चालन गर्न सकियोस् भन्ने चाहन्छौँ । सोहीअनुसार हाम्रा भौतिक एवं शैक्षिक सामग्रीहरु विद्यालयलाई हस्तान्तरण गर्नेछौँ ।’

विद्यालय सञ्चालन तत्काल अगाडि बढाउने विषयमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र विद्यालयका प्रध्यानाधापक  प्रिन्सिपल राजेन्द्र दवाडीबीच भदौ १५ गते गहन छलफल भएको थियो । सोही छलफलअनुसार चौधरी फाउण्डेसनले तत्काल विद्यालय सञ्चालन गर्ने वातावरण तयार गरेको छ ।

त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालयका प्रध्यानाधापक राजेन्द्र दवाडीले भने, ‘चौधरी फाउण्डेसनले विद्यालय सञ्चालनका लागि गरेको सहयोगले हाम्रा विद्यार्थीहरुको जीवनमा सकारात्मक प्रभाव पर्नेछ । हामीले वैकल्पिक भवनको बारेमा कुरा अगाडी बढाइसकेका छौँ । भवन व्यवस्थापन हुनासाथ चौधरी फाउण्डेसनबाट भौतिक एवं शैक्षिक सामाग्री प्राप्त हुनेछन । यसका लागि विद्यालय परिवार चौधरी फाउण्डेसनप्रति आभार व्यक्त गर्दछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।