नेभिगेशन
समाज

शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा

काठमाडौँ । हालसालै भोटेकोशी नदी क्षेत्रमा गएको भिषण बाढी पहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र आसपासका जिल्लामा पुग्न गएको अपुरणीय जनधनको क्षति र  प्रभावित नागरिकहरुको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ  सहयोग गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शारदा ग्रुपका अध्यक्ष श्री शिवरतन शारदाले उल्लेखित रकम अर्थमन्त्रीको कार्यालयमा उपस्थित भई हस्तान्तरण गरेका हुन् । साथै, ग्रुपले तत्कालीन राहत तथा मानवीय सहयोगका कार्यक्रमहरू समेत अघि बढाएको छ।

Ncell
Extreme Energy

उक्त सहयोग निम्नानुसार शारदा ग्रुपअन्तर्गतका विभिन्न कम्पनीहरूको तर्फबाट पशुपति खाद्य तेल उद्योग प्रा.लिले  ६१ लाख, पशुपति सिनप्याक इन्डस्ट्रिजले १५ लाख रुपैयाँ, प्रिमियर वायर्सले १५ लाख, र प्रिमियर डिस्टिलरी लिमिटेड १० लाख रुपैयाँ सहयोग गरेका हुन् । 

आर्थिक सहयोगसँगै शारदा ग्रुपले राहत तथा उद्धार कार्यलाई सहयोग पुर्‍याउन आवश्यक सामग्री तथा मानवीय सहायता पनि उपलब्ध गराएको छ । ग्रुपले गुडलाईफ लगायतका रमपम चाउचाउ, गुडलाइफ बिस्कुट तथा जुस गरी करिब ६० लाख रुपैयाँ बराबरका खाद्य तथा पेय पदार्थ नेपाल सरकारलाई उपलब्ध गराएको छ। उक्त सामग्री विपद् प्रभावित तथा तत्काल सहयोग आवश्यक रहेका समुदायमा वितरण गरिनेछ ।

त्यसैगरी, प्रभावित जिल्लाहरूमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन ग्रुपले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने घोषणा गरेको छ।

शारदा ग्रुपद्वारा प्रवर्द्धित कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै २१ लाख रुपैयाँ सहयोग गरेको छ। त्यस्तै, ग्रुपद्वारा प्रवर्द्धित शिवम् सिमेन्ट लिमिटेडले प्रभावित क्षेत्र मध्येको को एक गाउँको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ११,००० बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गरेको छ।

विपद् बाट घाइते भएका व्यक्तिहरूका लागि आवश्यक रगतको अभाव हुन नदिन शारदा ग्रुपले काठमाडौं र विराटनगरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ। यसबाट रक्त बैंक तथा जारी उद्धार र राहत कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शारदा ग्रुपको राहत पहलका विषयमा शारदा ग्रुपका अध्यक्ष शिव रतन शारडाले भने, “यस दुःखद घटनामा परी आफ्ना परिवार तथा आफन्त गुमाउनुभएका सबैजनाप्रति गहिरो समवेदना ब्यक्त गर्दछौ । यस कठिन समयमा प्रभावितहरूसँग उभिनु हाम्रो जिम्मेवारी पनि हो। हाम्रो सहयोग र तत्कालीन राहत प्रयासमार्फत आवश्यकतामा रहेका समुदायलाई सहयोग पुर्‍याउनुका साथै सरकारका राहत, उद्धार तथा पुनर्निर्माण प्रयासमा योगदान पुर्‍याउने हाम्रो उद्देश्य हो।”

शारदा ग्रुपले विपद् बाट प्रभावित सम्पूर्ण व्यक्ति तथा परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा निरन्तर खटिनुभएका सरकारी निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।

ग्रुपले आगामी दिनमा आवश्यकता अनुसार राहत, उद्धार तथा पुनर्निर्माणका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

शारदा ग्रुप नेपालका अग्रणी विविधीकृत व्यावसायिक समूहहरूमध्ये एक हो । ग्रुपको व्यवसायिक संलग्नता व्यापार, उत्पादन, वितरण, लगानीलगायत विभिन्न क्षेत्रमा रहेको छ । शारदा ग्रुपले नेपालको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको छ र आवश्यकता तथा विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्न प्रतिबद्ध रहँदै आएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...