नेभिगेशन
समाज

सुरुङमा तत्काल उद्धार गर्ने प्रविधि हामीसँग छैनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीका कारण थुनिएका जलविद्युत् आयोजनाका सुरुङमा तत्काल उद्धार गर्ने प्रविधि नभएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा भोटेकोशी बाढीपछिको अवस्थाबारे जानकारी गराउँदै प्रधानमन्त्रीले शाहले टनेलमा आएको विपत्ति विशेष प्रकृतिको रहेको बताए ।

Ncell
Extreme Energy

‘टनेलमा आएको विपत्ति विशेष प्रकृतिको छ’ उनले भने ‘यो पहिरोले थुनिएको टनेल होइन, यो बाढीभित्र पसेर हिलो र लेदोले थुनिएका टनेल हुन् ।’ उनले थपे– ‘तत्कालै उद्धार गर्ने टेक्नोलोजी हामीसँग छैन, अन्यत्र पनि विशेष टेक्नोलोजी छैन । हिलो सुकेपछि मात्रै गर्न सकिन्छ ।’

प्रधानमन्त्री बालेनले एउटा टनेलमा एकैचोटी धेरै एक्स्काभेटर प्रयोग गर्न नसकिने बताउँदै एक दुई वटा मात्रै प्रयोग गर्न सकिने र त्यही अनुसार उद्धार कार्य गरिएको जानकारी दिए । 

उनले उद्धार ढिलो भयो भनेर आएका गुनासोहरु सरकारले बुझेको र ती गुनासोहरुबाट सरकार बिचलित नभएको पनि बताए ।

प्रधानमन्त्री बालेनले सरकारले गर्ने काम गरिरहेको बताउँदै उद्धारमा खटिएका सेना र प्रहरीसहितका उद्धारकर्मीलाई थप प्रोत्साहन दिन पनि आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...