नेभिगेशन
समाज

सुरुङमा तत्काल उद्धार गर्ने प्रविधि हामीसँग छैनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीका कारण थुनिएका जलविद्युत् आयोजनाका सुरुङमा तत्काल उद्धार गर्ने प्रविधि नभएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा भोटेकोशी बाढीपछिको अवस्थाबारे जानकारी गराउँदै प्रधानमन्त्रीले शाहले टनेलमा आएको विपत्ति विशेष प्रकृतिको रहेको बताए ।

Ncell
Extreme Energy

‘टनेलमा आएको विपत्ति विशेष प्रकृतिको छ’ उनले भने ‘यो पहिरोले थुनिएको टनेल होइन, यो बाढीभित्र पसेर हिलो र लेदोले थुनिएका टनेल हुन् ।’ उनले थपे– ‘तत्कालै उद्धार गर्ने टेक्नोलोजी हामीसँग छैन, अन्यत्र पनि विशेष टेक्नोलोजी छैन । हिलो सुकेपछि मात्रै गर्न सकिन्छ ।’

प्रधानमन्त्री बालेनले एउटा टनेलमा एकैचोटी धेरै एक्स्काभेटर प्रयोग गर्न नसकिने बताउँदै एक दुई वटा मात्रै प्रयोग गर्न सकिने र त्यही अनुसार उद्धार कार्य गरिएको जानकारी दिए । 

उनले उद्धार ढिलो भयो भनेर आएका गुनासोहरु सरकारले बुझेको र ती गुनासोहरुबाट सरकार बिचलित नभएको पनि बताए ।

प्रधानमन्त्री बालेनले सरकारले गर्ने काम गरिरहेको बताउँदै उद्धारमा खटिएका सेना र प्रहरीसहितका उद्धारकर्मीलाई थप प्रोत्साहन दिन पनि आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।