नेभिगेशन
समाज

भोटेकोशी बाढीका सुरुका २ दिन सरकारले के के गर्यो ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले भोटेकोशीमा बाढी आएको सूचना पाएदेखि नै सरकार खोजी, उद्धार र राहतमा सक्रिय भएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भदौ १० बिहान पौने ९ बजेदेखि नै सरकारका सम्पूर्ण संयन्त्र सक्रिय भएको जानकारी दिए ।

Ncell
Extreme Energy

यस्तो छ उनले सदनमा प्रस्तुत गरेको टाइमलाइन
मिति २०८३ भदौ १० गते 
बिहान ८ः४५ बजे–
सूचना आयो–रसुवाको भोटेकोशीमा भिषण बाढी आयो।  तत्कालै जिल्ला विपद् व्यवस्थापन समितिबाट ब्रिफिङ र सुरक्षा सतर्कता अपनाउन निर्देशन ।

बिहान ९ः०० बजे– तटीय क्षेत्रका बस्तीहरूमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमार्फत सुरक्षित स्थानमा जान आग्रह । 

बिहान ९ः१५ बजे– परिस्थितिलाई ध्यान दिंदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक । प्रभावित क्षेत्रका मानिसहरुलाई कसरी उद्धार गर्ने भन्ने निर्णय । 

बिहान ९ः३५ बजे– टेलिकम कम्पनीमार्फत प्रभावित क्षेत्रका नागरिकहरुको मोबाइलमा सतर्कताको सूचना प्रवाह ।

बिहान ९ः४५ बजे– नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि उड्यो। त्यो उद्धारका लागि पहिलो हवाई उडान थियो। तुरुन्तै निजी हेलिकप्टरलाई स्ट्याण्डबाई राखियो । 

बिहान १०ः०० बजे– नेपाली सेनाको मनसुन कमाण्ड पोष्टको आकस्मिक बैठक, प्रभावित क्षेत्रमा खोज, उद्धार तथा स्रोत परिचालन गर्ने निर्णय । 

बिहान १०ः३० बजे– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सर्च एण्ड रेस्क्यु तथा इमरजेन्सी रेस्पोन्स टिम’ तयारी अवस्थामा, काठमाडौँलगायत अन्य जिल्लाबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालबाट सुरक्षाकर्मीहरुलाई खोज, उद्धार, उपचार र राहत कार्यमा परिचालन । 

बिहान ११ः०० बजे– विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेर खोज, उद्धार र उपचारलाई प्राथमिकता दिन निर्देशन । थप हेलिकोप्टर र ड्रोन टोली परिचालन गर्न समेत सम्बन्धित निकायहरुलाई निर्देशन । 

दिउँसो १२ः३० बजे– मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचारलाई तीव्र बनाउने निर्णय । साथै, १५ वटा प्रभावित स्थानीय तहलाई ३ महिनाका लागि विपद् संकट ग्रस्त क्षेत्र घोषणा गर्ने, मृतकका परिवारलाई कानुन बमोजिमको आर्थिक सहायता तत्काल उपलब्ध गराउने, घाइते एवं बिच्चलीमा परेका व्यक्तिहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने, र यस कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने निर्णय । 

दिउँसो १ बजे– प्रभावित क्षेत्रका संघीय सांसदहरुसँग छलफल । तत्कालै  सम्पर्कमा आउनु भएका स्थानीय जनप्रतिनिधिहरुसँग टेलिफोनमार्फत जानकारी । 

दिउँसो ३ बजे– सूचना तथा सञ्चारमन्त्रीको टोली स्थलमार्ग हुँदै बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान । 

राति ७ः४०– प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम उपलब्ध गराउन सार्वजनिक आग्रह । 

२०८३ भदौ ११ गते
बिहान– पूर्वाधार विकास मन्त्रीसहितको टोली लिएर प्रधानमन्त्री स्थलमार्ग हुँदै प्रभावित क्षेत्रमा । प्रभावित क्षेत्रमा बागमती प्रदेशका मुख्यमन्त्रीसँग छलफल । 
दिउँसो– रसुवा र नुवाकोटका लागि  १÷१ करोड रुपैयाँ र धादिङका लागि ५० लाख रुपैयाँ निकासा ।
राति ८ बजे– नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका गरी १३ हजार २९५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन।
सोही दिन बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गर्ने निर्णय ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपदको समयमा सेना परिचालन भयो, जनपरिचालन भएनः प्रचण्ड

विपदको समयमा सेना परिचालन भयो, जनपरिचालन भएनः प्रचण्ड

‘सरकारको ध्यान प्रधानमन्त्री मन्त्री सक्रिय भएर जाने आउने त देखियो, सेनाले गरेको काम पनि देखियो । सेनाले जोखिम उठाएर उद्धार, राहतमा खटिएको पनि देखियो । उहाँहरु सबैलाई हामीले...
बेपत्ता नागरिक फेला नपरेसम्म खोजी जारी राखौँः पराजुली

बेपत्ता नागरिक फेला नपरेसम्म खोजी जारी राखौँः पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न नहुने बताएका छन् ।
प्रधानमन्त्रीले भने– ११,९९३ को उद्धार, ३,९१६ सम्पर्कविहीन

प्रधानमन्त्रीले भने– ११,९९३ को उद्धार, ३,९१६ सम्पर्कविहीन

प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको बताएका छन् ।