नेभिगेशन
समाज

उद्धार र राहतमा कुन कुन देशले गरे सहयोग ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीका उत्पन्न विपदपछि हालसम्म १५ देश र चार विकास साझेदार तथा दातृ निकायले सहयोग गरेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेनले मित्र राष्ट्रहरुबाट टेलिफोन, पत्राचार र सामाजिक सञ्जालमार्फत सद्भावना सन्देश प्राप्त भइरहेको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय सद्भाव र सहयोगले अझै दृढताका साथ यो विपत्तिसँग लड्न बल मिलेको पनि बताए ।

Ncell
Extreme Energy

उनका अनुसार बाढी प्रभावित क्षेत्रका लागि हालसम्म भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, चीन, अमेरिका, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, स्विट्जरल्यान्ड, सिंगापुर, दक्षिण कोरिया, जापान, यूके लगायत मित्रराष्ट्रहरुले सहयोग गरेको जानकारी दिए ।

यसैगरी अन्तर्राष्ट्रिय विकास साझेदारहरु एसियाली विकास बैंक, विश्व बैंक, यूरोपेली युनियन र संयुक्त राष्ट्रसंघलगायतले पनि सहयोग गरेको उनले जानकारी दिए । अन्य कतिपय मित्र राष्ट्र तथा संघसंस्थाहरुले पनि सहयोगको प्रतिवद्धता जनाएको उनले उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।