नेभिगेशन
समाज

आङ्देम्बेको प्रश्न- मन्त्रीका आफन्त सुरुङमा फसेको भए विज्ञ खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि भिडियो पोस्ट गरिरहनुहुन्थ्यो ?

काठमाडाैँ । नेपाली कांग्रेसका संसदीय दलका भीष्मराज आङ्देम्बेले सुरुङमा फसेका नागरिकहरुको उद्धारमा सरकार चुकेको टिप्पणी गरेका छन् । उनले निजी र अन्तराष्ट्रिय सहयोग लिन ढिलाइ गर्दा थप क्षतिको जोखिममा धकेल्ने काम भएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार प्रतिनिधिसभा बैठकमा दलगत रुपमा बोल्ने क्रममा उनले सरकारका कमी कमजोरी औँल्याएका हुन् । उनले भने, ‘सुरुङमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो । सुरु देखि नै सरकारी निजी आवश्यक पर्यो भने अन्तराष्ट्रिय प्रविधि र दक्ष जनशक्ति उद्धारमा केन्द्रीत हुनुपर्ने थियो । सम्बन्धित क्षेत्रमा विज्ञले भनेका थिए सुरुङ उद्धारमा घटना भएको पहिलो ७२ घटनालाई गोलडन आवर भनिन्छ । यसबिचमा उद्धार गर्न सके धेरैको ज्यान बचाउन पनि सकिन्छ । तर निजी र अन्तराष्ट्रिय सहयोग लिन ढिलाई गर्दा थप क्षतिको जोखिममा धकेल्ने काम भयो कि ?’ 

Ncell
Extreme Energy

उनले गृहमन्त्री सुरुङबाहिर पुगेको प्रसंगलाई संकेत गर्दै मन्त्रीका परिवारका सदस्य परेको भए पनि त्यसैगरी फोटो खिच्ने कार्य हुन्थ्यो भन्दै प्रश्न गरेका छन् । ‘त्यो सुरुङभित्र मन्त्री परिषद्कै कोही सदस्यहरुको आफन्त वा परिवार कोही भएको भए मन्त्री ज्यू ले प्राविधिक विज्ञ र साधन खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि मन्त्री माटो खोस्रेको फोटो भिडियो पोस्ट गर्दै वा मन्त्री ज्यू भनेर पोस्ट गरिरहनुहुन्थ्यो ?’ आङ्देम्बेले प्रश्न गरे । 

प्रधानमन्त्रीले सबै मिलेको बताएपनि प्रभावित क्षेत्र त्यस्ते नदेखिएको उनको भनाई थियो । संसद बैठक सुरु हुनेवित्तिकै प्रधानमन्त्री बालेन्द्र शाहले बाढी बाढीपछि सरकारले गरेका कामबारे सदनलाई जानकारी गराएका थिए । तर प्रधानमन्त्रीले भनेजस्तो बाढीस्थलमा काम नभएको उनको भनाइ छ । 

उनले विपदको समयमा कांग्रेस सरकारको साथमा भएको बताएका छन् । यद्यपी रकारले गरेका सबै खत माफ भने नगर्ने र बाटो बिराउँदा खबरदारी गर्ने उनको भनाई छ । 

‘नेपाली कांग्रेस सरकारको साथमा छ । हामी विपदको पीडा भोगिरेको परिवार सँगै छौँ । विपदमा सरकारको साथमा छौँ भन्नुको अर्थ सरकारले गरेका सबै खत माफ भन्ने पनि होइन ।’ आङदेम्बेले भने, ‘राम्रो काम गर्छ साथ समर्थन छ, बाटो बिराउँदा खबरदारी पनि गर्छ । खास सहयोग यही होइन र ?’ 

आङदेम्बेले विपद् व्यवस्थापनमा सरकारी कामको अनुगमन तथा निर्देशनका लागि ’संसदीय उच्चस्तरीय विशेष समिति’ तत्काल गठन माग गरेका छन् । विपद्को तत्कालीन व्यवस्थापन, दीर्घकालीन पुनस्र्थापना, पुनर्निर्माण, विपद् जोखिम न्यूनीकरण र सरकारी कामको अनुगमन तथा निर्देशनका लागि ’संसदीय उच्चस्तरीय विशेष समिति’ तत्काल गठन गर्न माग गरेका हुन् । 

विपद्पछि स्थानीय सरकारसंग समन्वय नगरेको निजी क्षेत्र तथा प्राविधिक-विज्ञहरूलाई कार्यक्षेत्रमा जान रोकेको र सरकार आफैँले ७ दिनसम्म ठोस कदम नचालेर पछि ’सुरुङ आफैँ खोज’ भनेको भन्दै आपत्ति जनाए । 

उनले संवेदनहीनता र ढिलासुस्तीका कारण सुरुङभित्र भएका नागरिकहरूको ज्यान जानु ’मृत्यु मात्र हो कि हत्या?’ भन्दै सरकारसँग जवाफदेहिताको माग गरे । नेता आङदेम्बेले आफन्तको खोजीमा रहेका पीडित परिवारहरूमाथि धम्की, गालीगलौज र अपशब्द प्रयोग भएको भन्दै आपत्ति जनाए । 

सरकार फिल्डमा काम गर्नुभन्दा फेसबुक तथा सामाजिक सञ्जालमा प्रचार र हल्लामा मात्र अल्झिएको उनको आरोप लगाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपदको समयमा सेना परिचालन भयो, जनपरिचालन भएनः प्रचण्ड

विपदको समयमा सेना परिचालन भयो, जनपरिचालन भएनः प्रचण्ड

‘सरकारको ध्यान प्रधानमन्त्री मन्त्री सक्रिय भएर जाने आउने त देखियो, सेनाले गरेको काम पनि देखियो । सेनाले जोखिम उठाएर उद्धार, राहतमा खटिएको पनि देखियो । उहाँहरु सबैलाई हामीले...
बेपत्ता नागरिक फेला नपरेसम्म खोजी जारी राखौँः पराजुली

बेपत्ता नागरिक फेला नपरेसम्म खोजी जारी राखौँः पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न नहुने बताएका छन् ।
प्रधानमन्त्रीले भने– ११,९९३ को उद्धार, ३,९१६ सम्पर्कविहीन

प्रधानमन्त्रीले भने– ११,९९३ को उद्धार, ३,९१६ सम्पर्कविहीन

प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको बताएका छन् ।