नेभिगेशन
समाज

प्रधानमन्त्रीले भने– ११,९९३ को उद्धार, ३,९१६ सम्पर्कविहीन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेनले अझै पनि ३ हजार ९१६ जना सम्पर्कविहीन भएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले घटना भएलगत्तै प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारेको अहिलेसम्म पनि खोजी र उद्धार कार्य जारी रहेको जानकारी दिए ।

Ncell
Extreme Energy

उद्धार गरेर विभिन्न अस्पतालहरुमा भर्ना गरिएका २९२ जना घाइतेमध्ये १८२ जना डिस्चार्ज भइसकेको र बाँकी घाइतेहरुको उपचार भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी प्रभावित क्षेत्रमा विशेषज्ञसहितको टोली नागरिकहरुको उपचारका लागि पनि खटाइएको पनि उनले बताए ।

उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरुलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेको उनले जानकारी दिए । प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेको र रोगको रोकथामका लागि विभिन्न माध्यमहरुबाट सूचना प्रवाह समेत भइरहेको उनले बताए । 

उनका अनुसार हाल नुवाकोटका १९ वटा अस्थायी आश्रय स्थलहरुमा २,६५३ जना प्रभावित नागरिकहरुले आश्रय तथा राहत प्राप्त गरेका छन् र रसुवाका केही प्रभावित नागरिकहरुलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।