नेभिगेशन
समाज

प्रधानमन्त्रीले भने– ११,९९३ को उद्धार, ३,९१६ सम्पर्कविहीन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेनले अझै पनि ३ हजार ९१६ जना सम्पर्कविहीन भएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले घटना भएलगत्तै प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारेको अहिलेसम्म पनि खोजी र उद्धार कार्य जारी रहेको जानकारी दिए ।

Ncell
Extreme Energy

उद्धार गरेर विभिन्न अस्पतालहरुमा भर्ना गरिएका २९२ जना घाइतेमध्ये १८२ जना डिस्चार्ज भइसकेको र बाँकी घाइतेहरुको उपचार भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी प्रभावित क्षेत्रमा विशेषज्ञसहितको टोली नागरिकहरुको उपचारका लागि पनि खटाइएको पनि उनले बताए ।

उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरुलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेको उनले जानकारी दिए । प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेको र रोगको रोकथामका लागि विभिन्न माध्यमहरुबाट सूचना प्रवाह समेत भइरहेको उनले बताए । 

उनका अनुसार हाल नुवाकोटका १९ वटा अस्थायी आश्रय स्थलहरुमा २,६५३ जना प्रभावित नागरिकहरुले आश्रय तथा राहत प्राप्त गरेका छन् र रसुवाका केही प्रभावित नागरिकहरुलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।