नेभिगेशन
नेताका कुरा

बेपत्ता नागरिक फेला नपरेसम्म खोजी जारी राखौँः पराजुली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा पराजुलीले विपद्को समयमा राष्ट्रिय एकता कायम गरेर वेपत्ताको खोजी लगायत विपद् व्यवस्थापनका कार्यलाई निरन्तता दिनुपर्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले विस्थापितहरू सुरक्षित घर फर्कने अवस्था नबनेसम्म राहत वितरण जारी रहने र विपत्ति विनाशकारी हुनुको यथार्थ कारण पत्ता नलागेसम्म अनुसन्धान प्रक्रिया रोक्न नहुने उल्लेख गरे । विपद्को कारण र प्रभावबारे स्वतन्त्र, बहु–विषयगत र वैज्ञानिक छानबिन गर्न पनि उनले माग गरे ।

Ncell
Extreme Energy

उपनेता पराजुलीले भोटेकोशी–त्रिशूली नदी प्रणालीको समग्र जोखिम नक्साङ्कन तत्काल गरिनुपर्ने बताए । प्रभावित परिवारहरूको पुनर्वास र जीविकोपार्जन पुनरुत्थानका लागि स्पष्ट समयबद्ध कार्ययोजना आउनुपर्ने उनले बताए ।

हिमाली विपद् तथा टनेल रेस्क्युका लागि स्थायी राष्ट्रिय विशेष उद्धार संयन्त्र स्थापना गरिनुपर्ने समेत उनको भनाइ छ । नेपाल शोकमा रहे पनि बन्द नभएको सन्देश दिँदै सुरक्षित गन्तव्यहरूको आधिकारिक जानकारी लिएर भ्रमणलाई निरन्तरता दिन उनले विश्व समुदायलाई आग्रह गरे ।

कठिन समयमा नेपालको पर्यटन जोगाउनु नै मुलुकको पुनरुत्थानमा ठूलो सहयोग हुने भन्दै उनले नेपालले विश्वसँग केवल सहानुभूति मात्र नभई जलवायु संकटमा न्यून भूमिका भएर पनि असमान मूल्य चुकाउनु परेकाले अन्तर्राष्ट्रिय स्तरमा जलवायु न्यायका लागि निरन्तर आवाज उठाउनुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...