नेभिगेशन
नेताका कुरा

बेपत्ता नागरिक फेला नपरेसम्म खोजी जारी राखौँः पराजुली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा पराजुलीले विपद्को समयमा राष्ट्रिय एकता कायम गरेर वेपत्ताको खोजी लगायत विपद् व्यवस्थापनका कार्यलाई निरन्तता दिनुपर्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले विस्थापितहरू सुरक्षित घर फर्कने अवस्था नबनेसम्म राहत वितरण जारी रहने र विपत्ति विनाशकारी हुनुको यथार्थ कारण पत्ता नलागेसम्म अनुसन्धान प्रक्रिया रोक्न नहुने उल्लेख गरे । विपद्को कारण र प्रभावबारे स्वतन्त्र, बहु–विषयगत र वैज्ञानिक छानबिन गर्न पनि उनले माग गरे ।

Ncell
Extreme Energy

उपनेता पराजुलीले भोटेकोशी–त्रिशूली नदी प्रणालीको समग्र जोखिम नक्साङ्कन तत्काल गरिनुपर्ने बताए । प्रभावित परिवारहरूको पुनर्वास र जीविकोपार्जन पुनरुत्थानका लागि स्पष्ट समयबद्ध कार्ययोजना आउनुपर्ने उनले बताए ।

हिमाली विपद् तथा टनेल रेस्क्युका लागि स्थायी राष्ट्रिय विशेष उद्धार संयन्त्र स्थापना गरिनुपर्ने समेत उनको भनाइ छ । नेपाल शोकमा रहे पनि बन्द नभएको सन्देश दिँदै सुरक्षित गन्तव्यहरूको आधिकारिक जानकारी लिएर भ्रमणलाई निरन्तरता दिन उनले विश्व समुदायलाई आग्रह गरे ।

कठिन समयमा नेपालको पर्यटन जोगाउनु नै मुलुकको पुनरुत्थानमा ठूलो सहयोग हुने भन्दै उनले नेपालले विश्वसँग केवल सहानुभूति मात्र नभई जलवायु संकटमा न्यून भूमिका भएर पनि असमान मूल्य चुकाउनु परेकाले अन्तर्राष्ट्रिय स्तरमा जलवायु न्यायका लागि निरन्तर आवाज उठाउनुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।