नेभिगेशन
नेताका कुरा

प्रतिनिधिसभाले पारित गरेको विशेष प्रस्तावमा के छ ?

काठमाडौँ । भोटेकोशी बाढीले निम्त्याएको विपद् व्यवस्थापनका बारेमा प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले विशेष प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

Ncell
Extreme Energy

विशेष प्रस्ताव प्रस्तुत गर्दै सभामुख अर्यालले रसुवा बाढीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरे । उनले प्रभावित नागरिकहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्थाप्रति संवेदनशील बन्दै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय शोकको घडीमा तीनै तहका सरकार, सबै राजनीतिक दल र संयन्त्र परिचालन गरी बेपत्ताको खोजी, उद्धार, विस्थापितको पुनस्र्थापना र घाइतेहरूको उचित उपचार प्रबन्ध मिलाउन पनि उनले सरकारलाई निर्देशन दिए ।

यस्तो छ प्रतिनिधिसभाले पारित गरेको विशेष प्रस्ताव 
‘प्रतिनिधि सभाको यो बैठक, मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, वेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रका धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता हुनुका साथै ठुलो सड्ख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ। साथै, उक्त घटनाबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन एवम् घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवङ्गतहरूको आत्माको चीर शान्तिको कामना गर्दछ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने, संस्थापनले बोलायो कार्यसम्पादन समिति बैठक

देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने, संस्थापनले बोलायो कार्यसम्पादन समिति बैठक

इतरपक्षको महाधिवेशन तयारी समितिको आज चुनदेवीमा बसेको बैठकमा मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पेश भएको हो ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।