नेभिगेशन
नेताका कुरा

प्रतिनिधिसभाले पारित गरेको विशेष प्रस्तावमा के छ ?

काठमाडौँ । भोटेकोशी बाढीले निम्त्याएको विपद् व्यवस्थापनका बारेमा प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले विशेष प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

Ncell
Extreme Energy

विशेष प्रस्ताव प्रस्तुत गर्दै सभामुख अर्यालले रसुवा बाढीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरे । उनले प्रभावित नागरिकहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्थाप्रति संवेदनशील बन्दै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय शोकको घडीमा तीनै तहका सरकार, सबै राजनीतिक दल र संयन्त्र परिचालन गरी बेपत्ताको खोजी, उद्धार, विस्थापितको पुनस्र्थापना र घाइतेहरूको उचित उपचार प्रबन्ध मिलाउन पनि उनले सरकारलाई निर्देशन दिए ।

यस्तो छ प्रतिनिधिसभाले पारित गरेको विशेष प्रस्ताव 
‘प्रतिनिधि सभाको यो बैठक, मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, वेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रका धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता हुनुका साथै ठुलो सड्ख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ। साथै, उक्त घटनाबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन एवम् घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवङ्गतहरूको आत्माको चीर शान्तिको कामना गर्दछ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।