नेभिगेशन
नेताका कुरा

देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने, संस्थापनले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको इतरपक्ष (निवर्तमान सभापति शेरबहादुर देउवा समूह) ले आगामी मंसिरमा छुट्टै १५आँ महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इतरपक्षको महाधिवेशन तयारी समितिको आज चुनदेवीमा बसेको बैठकमा मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पेश भएको हो ।

Ncell
Extreme Energy

पूर्वमहामन्त्री एवम् तयारी समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा बसेको बैठकमा वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश सभा रप्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव छ।

त्यस्तै, कात्तिक १५ गते जिल्ला अधिवेशन, प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव छ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले भने यसअघि नै असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको थियो ।

यसैबीच, इतर पक्षले छुट्टै महाधिवेशन गर्ने गरी तालिका प्रस्ताव गरेकै दिन संस्थापन पक्षले भने केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार आगामी शनिबार भदौ २० गते दिउँसो १ बजे बस्ने बैठकको एजेण्डा भोटेकोशी बाढी र पार्टीको १५औँ महाधिवेशन तय गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

विभागका अनुसार भू–उपग्रहबाट प्राप्त तस्बिरमा ती जिल्लातर्फ बादलहरू विकसित हुँदै अघि बढिरहेकाले थप वर्षाको सम्भावना छ ।