नेभिगेशन
नेताका कुरा

देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने, संस्थापनले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको इतरपक्ष (निवर्तमान सभापति शेरबहादुर देउवा समूह) ले आगामी मंसिरमा छुट्टै १५आँ महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इतरपक्षको महाधिवेशन तयारी समितिको आज चुनदेवीमा बसेको बैठकमा मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पेश भएको हो ।

Ncell
Extreme Energy

पूर्वमहामन्त्री एवम् तयारी समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा बसेको बैठकमा वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश सभा रप्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव छ।

त्यस्तै, कात्तिक १५ गते जिल्ला अधिवेशन, प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव छ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले भने यसअघि नै असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको थियो ।

यसैबीच, इतर पक्षले छुट्टै महाधिवेशन गर्ने गरी तालिका प्रस्ताव गरेकै दिन संस्थापन पक्षले भने केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार आगामी शनिबार भदौ २० गते दिउँसो १ बजे बस्ने बैठकको एजेण्डा भोटेकोशी बाढी र पार्टीको १५औँ महाधिवेशन तय गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।