नेभिगेशन
समाज

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य स्थानमा फसेकाको तत्काल खोज, उद्धार तथा सुरक्षित स्थानान्तरणलाई उच्च प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिको आजको बैठकले नेपाल सरकार र स्थानीय तहको समन्वयमा उद्धारलाई तीव्र बनाउन निर्देशन दिएको हो । समितिले बाढीबाट अवरुद्ध सडक सञ्जाल तत्काल पुनःसञ्चालन र क्षतिग्रस्त सडक तथा पुलको शीघ्र मर्मत अघि बढाउनसमेत निर्देशन दिएको छ ।

Ncell
Extreme Energy

समितिका सभापति आशिष गजुरेलले पुल तथा सडकलगायत स्थायी संरचना निर्माणमा समय लाग्ने भएमा वैकल्पिक मार्ग तथा अस्थायी पुलको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए । 

उनले बाढीबाट अवरुद्ध विद्युत् लाइन तथा संरचनाको तत्काल मर्मत गरी विद्युत् सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको बताए । 

बैठकले विपद्बाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, जलविद्युत् तथा अन्य अत्यावश्यक पूर्वाधारको शीघ्र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि निजी क्षेत्र, विकास साझेदार तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट आर्थिक र प्राविधिक सहयोग परिचालन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । 
 
समितिले दातृ निकायबाट प्राप्त सहयोगलाई एकीकृत र पारदर्शी रूपमा परिचालन गर्दै सुरक्षित, दिगो तथा विपद्–प्रतिरोधी पूर्वाधार निर्माणलाई प्राथमिकता दिन सरकारलाई निर्देश गरेको छ । 
    
बैठकले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना तथा पूर्वचेतावनी प्रणालीलाई आधुनिक प्रविधिसहित थप सुदृढ र स्थानीय तहसम्म क्रियाशील बनाउन अनुरोध गर्ने निर्णय गरेको छ । 
     
समितिले प्रभावित क्षेत्र, परिवार तथा व्यक्तिको यथार्थ विवरण तत्काल अद्यावधिक हुनेगरी एकीकृत सूचना प्रणाली विकास गर्न भनेको छ । बैठकले बाढी प्रभावित क्षेत्रमा आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्री, खाद्यान्न, स्वास्थ्य सेवा तथा अन्य आवश्यक सहयोग तत्काल उपलब्ध गराउन अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।