नेभिगेशन
नेताका कुरा

सचिवालय बैठकमा रविले भने– राजनीतिक र राष्ट्रिय सहमति कायम गरिनुपर्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राजनीतिक तथा राष्ट्रिय सहमति कायम गरिनुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा सभापति लामिछानेले राष्ट्रिय र राजनीतिक सहमतिमा विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा दीर्घकालीन योजना बनाउन सकिने बताएका हुन् ।

Ncell
Extreme Energy

बैठकपछि प्रवक्ता जगदीश खरेलले भने– ‘सभापतिले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राजनीतिक तथा राष्ट्रिय सहमति कायम गरिनुपर्छ भन्नु भयो । त्यसलाई बैठकले पनि समर्थन गरेको छ ।’

बैठकमा सभापति लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र निर्णयबारे जानकारी गराएका थिए । सो क्रममा लामिछानेले पछिल्लो विपद् व्यवस्थापनमा सम्पूर्ण राजनीतिक दलहरुबाट ऐक्यबद्धता व्यक्त भएको बताएका थिए ।

बैठकमा बाढी प्रभावित क्षेत्रमा जारी खोजी, उद्धार, राहत तथा व्यवस्थापनका बारेमा पनि छलफल भएको थियो । तीनै तहका सरकारले समन्वयमा काम गर्नुपर्ने र तीनै तहका सरकारलाई रास्वपाको साथ रहेको खरेलले जानकारी दिए ।

खोजी, उद्धार तथा राहतका क्रममा जहाँ जहाँ समस्या देखिएको छ, ती समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको पनि खरेलले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।