नेभिगेशन
समाज

सामान्य प्रशासनमन्त्री रावलले विदुर पुगेर गरिन् प्रभावित पालिकाका प्रतिनिधिहरुसँग छलफल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बाढी प्रभावित नुवाकोटको सदरमुकाम विदुर पुगेर त्यस क्षेत्रको अवस्थाबारे जानकारी लिएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री रावलले आज विदुर नगरपालिकाको कार्यालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतहरुसँग छलफल गरेकी हुन् ।

Ncell
Extreme Energy

सुरुमा प्रभावित क्षेत्रमा जारी खोजी, राहत र उद्धारबारे जानकारी लिएपछि मन्त्री रावलले प्रभावितहरुको खोजी, राहत र उद्धारमा कुनै कमी आउन नदिन आग्रह गरिन् ।

Prativa_Nuwakot1-1788429139.jpeg
 

मन्त्री रावलले स्थानीय तहका कुनै पनि कर्मचारीलाई बिदा नबस्न र नागरिकको सेवामा सक्रिय हुन आग्रह गरिन् । खोजी, उद्धार तथा राहतमा संघीय सरकारले कुनै कमी हुन नदिने त्यसका लागि समन्वयलाई प्रभावकारी बनाउनुपर्ने पनि बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।