नेभिगेशन
जनप्रतिनिधिका कुरा
मन्त्रिपरिषद बैठक

भदौ २२ गते राष्ट्रिय शोक, २३ गते जेन–जी सहिद दिवसमा बिदा

ठमाडौँ । सरकारले भोटेकोशी बाढीको १३औँ दिन भदौ २२ गते राष्ट्रिय शोकको घोषणा गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बसेको मन्त्रिपरिषद बैठकले रसुवा बाढीका कारण मृत्यु भएका नागरिकहरुको सम्मानस्वरुप बाढी गएको १३ औँ दिनको तिथिका दिन भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । उक्त दिन देश विदेशका सरकारी कार्यालयका राष्ट्रिय झण्डा आधा झुकाइने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

Ncell
Extreme Energy

त्यसैगरी, भदौ २३ गते जेन–जी सहिद दिवसमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको पनि उनले जानकारी दिए । एक वर्षअघि २०८२ भदौ २३ मा जेनजी आन्दोलन आन्दोलन भएको थियो ।

त्यस्तै, आजकै बैठकले एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन राहत तथा उद्धार कार्यको लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर सहायता स्वीकार गर्ने र बाढीबाट प्रभावित उद्योग, व्यापार व्यवसायलाई तत्काल सुचारु गर्न एकीकृत व्यावसायिक पुनस्थापन योजना अन्तर्गत राहत, कर तथा महसुल छुट लगायत अन्य सुविधा तथा सहुलियत प्रदान गर्ने निर्णय पनि गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत २५ हजार मेट्रिक टन बराबरको चिनी १ प्रतिशत भन्सार महसुल लिई आयात गर्न स्वीकृत प्रदान गर्ने र नेपाल प्रशासन सेवा समूहका नारायणप्रसाद भट्टलाई सचिवमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

पराजुलीले भने ‘उहाँहरुका कारण त्यहाँ अप्ठेरो भएको छ भने माननीयज्यूहरु त्यहाँ सहजरुपमा काम गर्न दिन र आफ्नो जिम्मेवारीमा फर्किन उपनेताको हैसियतले यहीँबाट निर्देशन जारी गर्छु ।’
बाढी प्रभावित क्षेत्रमा खटिएका राष्ट्रसेवकको मृत्यु भएमा सरकारले १० लाख दिने

बाढी प्रभावित क्षेत्रमा खटिएका राष्ट्रसेवकको मृत्यु भएमा सरकारले १० लाख दिने

सरकारले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यमा खटिएका कुनै पनि राष्ट्रसेवकको मृत्यु भएमा जनही १० लाख राहत उपलब्ध गराउने भएको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...
सामान्य प्रशासनमन्त्री रावलले विदुर पुगेर गरिन् प्रभावित पालिकाका प्रतिनिधिहरुसँग छलफल

सामान्य प्रशासनमन्त्री रावलले विदुर पुगेर गरिन् प्रभावित पालिकाका प्रतिनिधिहरुसँग छलफल

मन्त्री रावलले आज विदुर नगरपालिकाको कार्यालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतहरुसँग छलफल गरेकी हुन् ।

भर्खरै