नेभिगेशन
जनप्रतिनिधिका कुरा
मन्त्रिपरिषद बैठक

भदौ २२ गते राष्ट्रिय शोक, २३ गते जेन–जी सहिद दिवसमा बिदा

ठमाडौँ । सरकारले भोटेकोशी बाढीको १३औँ दिन भदौ २२ गते राष्ट्रिय शोकको घोषणा गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बसेको मन्त्रिपरिषद बैठकले रसुवा बाढीका कारण मृत्यु भएका नागरिकहरुको सम्मानस्वरुप बाढी गएको १३ औँ दिनको तिथिका दिन भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । उक्त दिन देश विदेशका सरकारी कार्यालयका राष्ट्रिय झण्डा आधा झुकाइने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

Ncell
Extreme Energy

त्यसैगरी, भदौ २३ गते जेन–जी सहिद दिवसमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको पनि उनले जानकारी दिए । एक वर्षअघि २०८२ भदौ २३ मा जेनजी आन्दोलन आन्दोलन भएको थियो ।

त्यस्तै, आजकै बैठकले एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन राहत तथा उद्धार कार्यको लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर सहायता स्वीकार गर्ने र बाढीबाट प्रभावित उद्योग, व्यापार व्यवसायलाई तत्काल सुचारु गर्न एकीकृत व्यावसायिक पुनस्थापन योजना अन्तर्गत राहत, कर तथा महसुल छुट लगायत अन्य सुविधा तथा सहुलियत प्रदान गर्ने निर्णय पनि गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत २५ हजार मेट्रिक टन बराबरको चिनी १ प्रतिशत भन्सार महसुल लिई आयात गर्न स्वीकृत प्रदान गर्ने र नेपाल प्रशासन सेवा समूहका नारायणप्रसाद भट्टलाई सचिवमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।