नेभिगेशन
समाज

रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

काठमाडौँ । रास्वपा सांसदद्वय श्रीराम न्यौपाने र सागर ढकालले जलविद्युत आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा हस्तक्षेप गरेको भन्दै आलोचना बढेपछि संसदीय दलका उपनेता गणेश पराजुलीले फर्किन निर्देशन दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिशूली थ्री ए का इन्जिनियरहरुले सांसदद्वय न्यौपाने र ढकालका कारण उद्धारकार्य प्रभावित भएको भन्दै उनीहरुलाई तत्काल फिर्ता बोलाउन पत्रमार्फत प्रधानमन्त्री बालेन शाह र ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठसँग आग्रह गरेका थिए ।

Ncell
Extreme Energy

आज बसेको रास्वपा सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलका उपनेता पराजुलीले यसअघि नै रास्वपाले प्रभावित क्षेत्रमा गएका पार्टीका नेताहरुलाई उद्धारमै समस्या छ भने फिर्ता गराउने निर्णय गरेको जानकारी दिए ।

प्रभावित क्षेत्रमा रहेका न्यौपाने र ढकाल दुवै इन्जिनियर हुन् ।

‘एक जना टनेलसँग सम्बन्धित इन्जिनियर र अर्को आर्किटेक्ट इन्जिनियर हुनुहुन्छ, उहाँहरुले उद्धारमा समन्वय गरिरहनु भएको छ भन्ने हाम्रो बुझाइ हो’ पराजुलीले भने ‘उहाँहरुका कारण त्यहाँ अप्ठेरो भएको छ भने माननीयज्यूहरु त्यहाँ सहजरुपमा काम गर्न दिन र आफ्नो जिम्मेवारीमा फर्किन उपनेताको हैसियतले यहीँबाट निर्देशन जारी गर्छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।
संसद्लाई फेरि एक साता विश्राम

संसद्लाई फेरि एक साता विश्राम

सभामुख डोलप्रसाद (डीपी) अर्यालले अर्को बैठक २०८३ भदौ २४ गते बुधबार दिनको १ बजे बस्ने गरी स्थगित गरे ।
रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

‘दुखद घडीमा तपाईँहरुलाई धेरै पीर परेको होला । तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ । सिक्किमलाई आपत् पर्दा तपाईँहरु पनि त्यही हो ।’ मुख्यमन्त्री तामाङले भने, ‘हाम्रो देश अलग...

भर्खरै