नेभिगेशन
समाज

रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

काठमाडौँ । रास्वपा सांसदद्वय श्रीराम न्यौपाने र सागर ढकालले जलविद्युत आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा हस्तक्षेप गरेको भन्दै आलोचना बढेपछि संसदीय दलका उपनेता गणेश पराजुलीले फर्किन निर्देशन दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिशूली थ्री ए का इन्जिनियरहरुले सांसदद्वय न्यौपाने र ढकालका कारण उद्धारकार्य प्रभावित भएको भन्दै उनीहरुलाई तत्काल फिर्ता बोलाउन पत्रमार्फत प्रधानमन्त्री बालेन शाह र ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठसँग आग्रह गरेका थिए ।

Ncell
Extreme Energy

आज बसेको रास्वपा सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलका उपनेता पराजुलीले यसअघि नै रास्वपाले प्रभावित क्षेत्रमा गएका पार्टीका नेताहरुलाई उद्धारमै समस्या छ भने फिर्ता गराउने निर्णय गरेको जानकारी दिए ।

प्रभावित क्षेत्रमा रहेका न्यौपाने र ढकाल दुवै इन्जिनियर हुन् ।

‘एक जना टनेलसँग सम्बन्धित इन्जिनियर र अर्को आर्किटेक्ट इन्जिनियर हुनुहुन्छ, उहाँहरुले उद्धारमा समन्वय गरिरहनु भएको छ भन्ने हाम्रो बुझाइ हो’ पराजुलीले भने ‘उहाँहरुका कारण त्यहाँ अप्ठेरो भएको छ भने माननीयज्यूहरु त्यहाँ सहजरुपमा काम गर्न दिन र आफ्नो जिम्मेवारीमा फर्किन उपनेताको हैसियतले यहीँबाट निर्देशन जारी गर्छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।