नेभिगेशन
समाज

रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

काठमाडौँ । भारतको सिक्किम प्रदेशका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले रास्वपा सभापति रवि लामिछानेसँग फोन संवाद गरेका छन् । उनले बाढीपछि नेपालले भोगेको पीडामा आफू साथै रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘दुखद घडीमा तपाईँहरुलाई धेरै पीर परेको होला । तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ । सिक्किमलाई आपत् पर्दा तपाईँहरु पनि त्यही हो ।’ मुख्यमन्त्री तामाङले भने, ‘हाम्रो देश अलग भएपनि हाम्रो परम्परा, भाषा, भोषभुषा चाडपर्व सबै मिल्छ । हामी बिभिन्न राष्ट्रमा भएपनि अत्मीय छौँ ।’ 

Ncell
Extreme Energy

मुख्यमन्त्री तामाङले कलाकारहरुले आफूलाई नेपालको लागि कार्यक्रम गर्न अनुमति मागेको र नेपालको लागि हो भने आफूहरुले कार्यक्रम गर्न दिने बताएको जानकारी गराए । 

साथै उनले दुखद घडीमा नेपालसँगै रहेको भन्दै आस्वस्थ पारे । जवाफमा सभापति लामिछाने दुख पर्दा सम्झिनु नै ठूलो कुरा भएको बताए । त्यसका लागि मुख्यमन्त्री तामाङलाई धन्यवाद ज्ञापन गरे । उनले भने, ‘यो हाम्रो मित्रता, भाइचारा एकदमै कायम रहोस् ।’ 


 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृष्णभीर माथिको डाँडामा रुख काट्न थालियो

कृष्णभीर माथिको डाँडामा रुख काट्न थालियो

भित्तो पट्टिको डाँडाको भागलाई सफा गरेपछि कहाँबाट बाटो खोल्ने भन्ने एकिन गर्न सकिने मिश्रले बताए ।
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।
संसद्लाई फेरि एक साता विश्राम

संसद्लाई फेरि एक साता विश्राम

सभामुख डोलप्रसाद (डीपी) अर्यालले अर्को बैठक २०८३ भदौ २४ गते बुधबार दिनको १ बजे बस्ने गरी स्थगित गरे ।