नेभिगेशन
समाज

बाढी पीडितको उद्धार र राहतका लागि रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढीपछि भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी केन्द्रीय सचिवालय बैठकले विपद्मा परेका नागरिकको सुरक्षित उद्धार, घाइतेको उपचार तथा विस्थापितलाई आवश्यक राहत सामग्रीको न्यायोचित वितरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

Ncell
Extreme Energy

'बैठकमा भोटेकोशी नदीमा आएको बाढीले निम्त्याएको विपद्पछिको खोज, उद्धार तथा राहत वितरणको अवस्थाबारे विस्तृत छलफल भएको छ। यस प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको सुरक्षित उद्धार, घाइतेहरूको उपचार तथा विस्थापितहरूका लागि आवश्यक राहत सामग्रीको न्यायोचित वितरणलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन बैठकले सरकारको  ध्यानाकर्षण गराउने निर्णय गरेको छ,' प्रवक्ता जगदिश खरेलले भने । 

बैठकले राष्ट्रिय विपत्तिको सामना राज्यको एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै सरकारले सञ्चालन गरिरहेका उद्धार तथा राहतका प्रयासमा पार्टीका सम्पूर्ण संरचनाबाट हुँदै आएको समन्वयात्मक सहयोगलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै, सरकारका सकारात्मक तथा परिणाममुखी काममा रास्वपासहित अन्य दलको सहभागितामा सर्वदलीय संयन्त्रमार्फत संस्थागत सहयोग जुटाउन पहल गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीका निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक सुशासन तथा व्यवस्थापनमा पुर्‍याएको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ । नवनियुक्त कोषाध्यक्ष डा मनोहर प्रधानलाई पद तथा गोपनीयताको शपथ गराई नयाँ जिम्मेवारी हस्तान्तरण गरिएको प्रवक्ता  खरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, सहमहामन्त्री पुरुषोत्तम शुप्रभात यादव, प्रवक्ता जगदीश खरेल तथा नवमनोनित सचिवालय सदस्यहरू शिशिर खनाल, गणेश पराजुली, दीपकराज बोहरा, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, मनिष झा र शिव अधिकारीलाई पार्टी सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ गराएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीका कारण करिब चार खर्बको क्षति भएको प्रारम्भिक अनुमान

बाढीका कारण करिब चार खर्बको क्षति भएको प्रारम्भिक अनुमान

सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते गएको बाढीका कारण करिब रु चार खर्बको क्षति भएको अनुमान गरेको छ ।
अपडेट: त्रिशूली–३ ‘ए’ पुगे गृहमन्त्री गुरुङ, उद्धारका लागि मेडिकल टिम, एम्बुलेन्स र हेलिकप्टर तयारी अवस्थामा

अपडेट: त्रिशूली–३ ‘ए’ पुगे गृहमन्त्री गुरुङ, उद्धारका लागि मेडिकल टिम, एम्बुलेन्स र हेलिकप्टर तयारी अवस्थामा

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार अन्तिम चरणमा पुगिरहेका बेला गृहमन्त्री सुधन गुरुङ उद्धारस्थल पुगेका छन् ।
बाढीपीडितका नाममा रकम उठाउने पक्राउ

बाढीपीडितका नाममा रकम उठाउने पक्राउ

भोटेकोशी बाढीपीडितका लागि भन्दै आफ्नै बैंक खाताको क्युआरमार्फत रकम सङ्कलन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
अपडेट: त्रिशूली–३ ‘ए’को सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

अपडेट: त्रिशूली–३ ‘ए’को सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिसँग उद्धार टोलीले संवाद गरेको दाबी गरिएको छ।

भर्खरै