नेभिगेशन
समाज

बाढी पीडितको उद्धार र राहतका लागि रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढीपछि भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी केन्द्रीय सचिवालय बैठकले विपद्मा परेका नागरिकको सुरक्षित उद्धार, घाइतेको उपचार तथा विस्थापितलाई आवश्यक राहत सामग्रीको न्यायोचित वितरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

Ncell
Extreme Energy

'बैठकमा भोटेकोशी नदीमा आएको बाढीले निम्त्याएको विपद्पछिको खोज, उद्धार तथा राहत वितरणको अवस्थाबारे विस्तृत छलफल भएको छ। यस प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको सुरक्षित उद्धार, घाइतेहरूको उपचार तथा विस्थापितहरूका लागि आवश्यक राहत सामग्रीको न्यायोचित वितरणलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन बैठकले सरकारको  ध्यानाकर्षण गराउने निर्णय गरेको छ,' प्रवक्ता जगदिश खरेलले भने । 

बैठकले राष्ट्रिय विपत्तिको सामना राज्यको एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै सरकारले सञ्चालन गरिरहेका उद्धार तथा राहतका प्रयासमा पार्टीका सम्पूर्ण संरचनाबाट हुँदै आएको समन्वयात्मक सहयोगलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै, सरकारका सकारात्मक तथा परिणाममुखी काममा रास्वपासहित अन्य दलको सहभागितामा सर्वदलीय संयन्त्रमार्फत संस्थागत सहयोग जुटाउन पहल गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीका निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक सुशासन तथा व्यवस्थापनमा पुर्‍याएको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ । नवनियुक्त कोषाध्यक्ष डा मनोहर प्रधानलाई पद तथा गोपनीयताको शपथ गराई नयाँ जिम्मेवारी हस्तान्तरण गरिएको प्रवक्ता  खरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, सहमहामन्त्री पुरुषोत्तम शुप्रभात यादव, प्रवक्ता जगदीश खरेल तथा नवमनोनित सचिवालय सदस्यहरू शिशिर खनाल, गणेश पराजुली, दीपकराज बोहरा, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, मनिष झा र शिव अधिकारीलाई पार्टी सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ गराएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।