नेभिगेशन
समाज

एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

'नेपाललाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ'

काठमाडौँ । साउथ–इस्ट एसिया तथा एसिया–प्यासिफिक क्षेत्रका ३० भन्दा बढी देशका मन्त्री, सिनेटर, सांसद तथा विशिष्ट प्रतिनिधिहरूको भव्य उपस्थितिमा आयोजित सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले जलवायु परिवर्तन, जलवायु न्याय, क्षतिपूर्ति, ‘लस एन्ड ड्यामेज फन्ड’ तथा जलवायु उत्थानशीलताजस्ता महत्वपूर्ण र संवेदनशील विषयमा नेपालको स्पष्ट र सशक्त धारणा प्रस्तुत गरेकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफ्नो सम्बोधनको सुरुवातमा डा. कार्कीले हालै नेपालमा आएको भोटेकोशीको विनाशकारी बाढीको दर्दनाक अवस्थाको भिडियो विभिन्न देशका सांसद तथा मन्त्रीहरूलाई देखाउँदै तथ्यांक सहित नेपालको वास्तविक अवस्था विश्वसामु उजागर गरिन् । उनले जलवायु परिवर्तनमा नेपालको योगदान अत्यन्त न्यून रहेको, तर नेपालले विशवकै लागी  पुस्तौँदेखि हिमालय, हिमनदी, वनजंगल, नदी तथा समग्र हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्दै आएको तथ्य प्रस्तुत गरिन् ।

Ncell
Extreme Energy

विश्वको वातावरणीय सन्तुलन र जलवायु संरक्षणमा नेपालले महत्वपूर्ण योगदान दिँदै आए पनि नेपाली जनताले हरेक वर्ष बाढी, पहिरो तथा अन्य जलवायुजन्य विपद्को पीडा भोग्नुपरेको उनले बताइन्। हजारौँ मानिसले ज्यान गुमाउनुपरेको, अर्बौँ रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको तथा वर्षौँ लगाएर निर्माण गरिएका सडक, पुल, घर, विद्यालय, स्वास्थ्य संस्था र अन्य भौतिक पूर्वाधारहरू केही मिनेटमै ध्वस्त हुने गरेकोमा नेपाल जस्तो देशले विश्वसँग ऋण लिएर पटक पटक यस्ता भौतिक संरचनाहरु बनाउन नसक्ने वास्तविकता उनले अन्तर्राष्ट्रिय समुदायसमक्ष राखिन्। उनले जोडदार सँग राखिन, “नेपाल विश्वसामु सहानुभूति माग्न आएको होईन। नेपाल जलवायु न्याय माग्न आएको हो।”

toshima1-1788577532.jpg
 

उनका अनुसार, जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूलाई केवल राहत वा सहानुभूति होइन, पूर्वानुमानयोग्य, पहुँचयोग्य र अतिरिक्त जलवायु वित्त, अनुकूलनका लागि लगानी तथा लस एन्ड ड्यामेज फन्डको प्रभावकारी कार्यान्वयन आवश्यक छ।

यसै सम्मेलनअन्तर्गत आयोजित केहि सत्रहरूमध्ये डा. तोसिमा कार्कीले नेपालको तर्फबाट ‘केयर इकोनोमी र सस्टेनेबल डेभलपमेन्ट’ सम्बन्धी एक महत्वपूर्ण सत्रको अध्यक्षता समेत गरेकी थिइन्।

त्यसपछि आयोजित जलवायु परिवर्तनसम्बन्धी सत्रमा उनले नेपालको तर्फबाट विशेष प्रस्तुति दिँदै हिमालय, नेपाल र समग्र एसिया–प्यासिफिक क्षेत्रको जलवायु संकटबारे अन्तर्राष्ट्रिय समुदायलाई सजग गराइन्। 

सर्भिर-एचकेएच जस्ता हिन्दु कुश हिमालयका प्राकृतिक विपद् तथा जोखिम निगरानीसँग सम्बन्धित केही समर्पित सहयोग तथा कोषमा कटौती गरिएको तितो यथार्थ पनि राखेकी थिइन् । 

toshima-malasiya-1788577555.jpg
 

उनले जलवायु परिवर्तनलाई केवल वातावरणीय समस्या नभई विकास, अर्थतन्त्र, खाद्य सुरक्षा, सार्वजनिक स्वास्थ्य र अन्ततः न्यायसँग जोडिएको संकटका रूपमा व्याख्या गर्दै जलवायु संकटविरुद्ध तत्काल र सामूहिक कदम चाल्न एएफपीपीडीले आफ्ना सबै सदस्य देशका सांसदहरु मार्फत आफ्ना आफ्ना देशका संसदहरुमा जलवायु परिवर्तन र जलवायु न्यायलाई प्रमुख एजेण्डा बनाउनका लागी विश्व समुदायलाई आह्वान गरिन् ।

toshima-malasiya1-1788577572.jpg
 

उनले आफ्नो प्रस्तुतिमा विशेषगरी उच्च उत्सर्जन गर्ने राष्ट्रहरूले न्यून उत्सर्जन गर्ने तर जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित देशहरूलाई न्यायोचित जलवायु वित्त र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, प्रारम्भिक चेतावनी तथा विपद् निगरानी प्रणालीमा लगानी बढाउनुपर्ने, हिमनदी पग्लिनमा योगदान गर्ने ब्ल्याक कार्बनजस्ता प्रदूषक घटाउनुपर्ने तथा जलवायु उत्थानशीलतालाई राष्ट्रिय नीति र बजेटको स्थायी प्राथमिकता बनाउनुपर्ने विषय उठाइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

‘म त पर्खेको पर्खै छु, बतास बनी छुन आइदेऊ न, फेरि मेरै हुन आइदेऊ न...’ नेपाली सुगम संगीत क्षेत्रका चर्चित गायक, लेखक तथा सङ्गीतकार देवेन्द्र बब्लुद्वारा रचना गरिएको...
कृष्णभिरको पहिरोपछि यसरी ल्याउन थालियो एलपी ग्यास

कृष्णभिरको पहिरोपछि यसरी ल्याउन थालियो एलपी ग्यास

साल्ट ट्रेडिङले हाल मासिक करिब ५५ हजारदेखि ६० हजार ‘एसटीसी सिलिण्डर’ खपत गर्दै आएको जनाएको छ।
ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

‘समय धेरै अगाडि बढिसक्यो । परिस्थिति कहाँ पुगिसकेको सन्दर्भमा कहाँ संसद् पुनर्स्थापनाको मुद्दा उठाउने ? यस्तो कुरा कुनै पनि हिसाबले उपयुक्त हुँदैन, यस्ता कुराको पछाडि लाग्नु सान्दर्भिक र...
विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति सार्वजनिक नगर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ...

भर्खरै