नेभिगेशन
कर्पाोरेट

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने

काठमाडौँ । एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारीको घोषणा गरेको छ । यसको मुख्य उद्देश्य नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज र  सरल बनाउनु रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबिच एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले यस सहकार्यका सम्बन्धमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

Ncell
Extreme Energy

यो सहकार्यले विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई आफ्नो यात्राभर आ–आफ्नो देशमा रहेका परिवार सदस्य र साथीभाइलगायत सबैसँग सम्पर्कमा रहन सहज बनाउने लक्ष्य राखेको छ। नेपालका विभिन्न भागमा यात्रा गर्दा सञ्चारको महत्वपूर्ण आवश्यकतालाई यसले सम्बोधन गर्छ।

साझेदारीअन्तर्गत एनसेलले पर्यटकहरूलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ भने नाटोले देशभर फैलिएको आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकहरूमाझ एनसेलका सेवा सुविधाका बारेमा जानकारी र सूचना उपलब्ध गराउने छ।

कार्यक्रमलाई सम्बोधन गर्दै दत्ताले भने, ‘देशभर फैलिएको एनसेलको व्यापक नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको विविधतायुक्त पहुँचलाई उपयोग गर्दै यो साझेदारीले नेपाल आउने पर्यटकहरूको यात्रा अनुभव अविश्मरणीय बनाउने विश्वास लिएका छौं । यति मात्र होइन, यो साझेदारीले ुनेपाल कलिङु अभियानलाई प्रवद्र्धन गर्न र नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ।’

‘पर्यटनको मर्म भनेकै एक अर्कासँग जोडिनु हो। मानिसहरूलाई मानिसहरूसँग जोड्नु, संस्कृति अनि अनुभवहरूलाई जोड्नु हो। नेपाल आउने हरेक यात्रुलाई आफ्नो यात्राभर सबैसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने एनसेलसँगको यो अर्थपूर्ण सहकार्यले हामी उत्साहित छौँ,’ नाटोका अध्यक्ष श्रेष्ठले भने।

दूरसञ्चार सेवामात्र नभएर, एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनमार्फत नाटोलाई प्रमुख राजमार्गहरूमा आधुनिक वाश (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार स्थापना गर्न सहयोग गर्नेछ । यसको सुरुवात धादिङ जिल्लाको गजुरीबाट पाइलट परियोजनाका रूपमा हुनेछ ।

यस पहलले यी मार्गहरूमा यात्रा गर्ने पर्यटक र स्थानीय समुदायलगायत सबैको सुविधाको बढ्दो आवश्यकतालाई सम्बोधन गर्दछ र साथै दुवै संस्थाको नेपालमा दिगो तथा जिम्मेवार पर्यटन विकासप्रति साझा प्रतिबद्धता रहेको देखाउँछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर

खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर

यो अभियानअन्तर्गत इन ड्राइभका चालकले एक दिनमा कम्तीमा पाँचवटा राइडको भाडा खल्तीमार्फत लिएमा मात्रै सो दिनको लक्की ड्रमा सहभागी हुन सक्नेछन् । दैनिक १० जना चालकले पाँच लिटर...
एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत PMGO साउथ एसिया फाइनल्स २०२६ काठमाडौँमा हुँदै

एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत PMGO साउथ एसिया फाइनल्स २०२६ काठमाडौँमा हुँदै

प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ । आयोजकले एक्स्ट्रिम इनर्जी ड्रिंक PMGO South Asia Finals मार्फत नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रति बढ्दो आकर्षणलाई थप प्रोत्साहन गर्ने...
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

युटेलस्याट वनवेबको लो-अर्थ अर्बिट (LEO) स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थानीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।...
इनड्राइभद्वारा राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख सहयोग

इनड्राइभद्वारा राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख सहयोग

अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्र नजिकै गएको हिम तथा चट्टानी पहिरोका कारण आएको भोटेकोशी बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रका नुवाकोट र धादिङका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक...